Breaking News

Radio Star

आईटीएफको अन्तर्राष्ट्रिय समितिमा विराटनगरका राई निर्वाचित

प्रकाशित मिति : ३० आश्विन २०७५, मंगलवार १७:२३

विराटनगर, ३० असोज । नेपाल ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष अजयकुमार राई अन्तर्राष्ट्रिय यातायात मजदुर महासंघ आइटीएफको विश्व कार्यसमितिको सदस्यमा निर्वाचित भएका छन् ।
सिंगापुरमा जारी अन्तर्राष्ट्रिय यातायात मजदुर महासंघ आइटीएफको ४४ औं महासभाबाट राई ५ वर्षीय कार्यकालका लागि निर्वाचित भएका हुन् । मंगलबार भएको महासभा बैठकबाट राई विश्व सडक सञ्जालतर्फको उपाध्यक्ष पदमा पनि निर्वाचित भएका छन्। ४१ वर्षीय राई नेपाल यातायात मजदुर संघका हाल सल्लाहकार र पूर्वअध्यक्ष पनि हुन् । आइटीएफको इतिहासमा नेपालको प्रतिनिधित्व गर्ने राई पहिलो हुन् । गएको विराटनगरका स्थायी बासिन्दा राई तीनदशकदेखि यातायात मजदुरको क्षेत्रमा कार्यरत रहेका छन् । यातायात मजदुर संघका पूर्वअध्यक्ष राईले सडक सञ्जालको विकाससँगै यातायात क्षेत्रमा कार्यरत मजदुरको हक अधिकार लागि काम गर्दै आएका छन् । १ सय २२ वर्षअघि नेदरल्याण्डस्मा स्थापित आइटिएफमा १ सय ५० बढी मुलुकका ८ सय बढी युनियनहरू आवद्ध रहेका छन् । जसमा सडक, हवाइजहाज, रेल, पानीजहाजलगायतका युनियनहरू रहेका छन् ।

प्रकाशित मिति : ३० आश्विन २०७५, मंगलवार १७:२३

हाम्रो बारेमा

Birat Sandesh Digital Online

Biratnagar-5, Chadani Chowk

Morang, Nepal

Phone 021-462844

Email: [email protected]

 

Facebook

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

Official Address

Birat Sandesh Digital Online

Biratnagar-5, Chadani Chowk

Morang, Nepal

Phone 021-462844

Email: [email protected]

 

 

दर्ता जानकारी

कम्पनी दर्ता न. ००४३८/८९

भ्याट न : ५९३६४८११