Breaking News

Radio Star

प्रदेश एक सरकारले आज आ व २०७६ ७७को वार्षिक बजेट सार्वजनिक गर्दै छ । सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले अहिले प्रदेशसभा बैठकमा आगामी वर्ष सञ्चालन गर्ने परियोजना र कार्यक्रमसहित बजेट सार्वजनिक गर्दै छन् । प्रदेश सरकारले आगामी आर्थिक वर्ष करिव ४२ देखि ४५ अर्बको बीचमा बजेट सार्वजनिक गर्ने गर्ने तयारी गरेको छ । अघिल्लो आर्थिक वर्ष ३५ अर्व २ करोडको बजेट प्रदेश सरकारले ल्याएको थियो । सरकारले आगामी वर्ष प्रदेश प्राथमिकता प्राप्त बहुवर्षीय आयोजनाहरु, विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयार भएका आयोजना र क्रमागत आयोजनामा मात्र बजेट विनियोजन गर्ने भएको छ । यसले आगामी आर्थिक वर्षको सुरुवाती दिनबाटै पूँजीगत खर्च प्रकृया अघि बढ्ने विश्वास आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोको छ ।प्रदेश सरकारले आगामी वर्ष कृषि आधुनिकीकरण, पर्यटन र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने भएको छ

प्रकाशित मिति : १ असार २०७६, आईतवार १६:४६

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook