Breaking News

Radio Star

अभिनेत्री प्रियङ्का कार्की र आयुष्मान देशराज जोशी विच रहेको प्रेम सम्बन्ध सबैलाई थाहा भएकै कुरा हो। उनीहरु एक अर्कालाई माया मात्रै होइन, सकेसम्म सिनेमा, म्युजिक भिडियो, विज्ञापनमा समेत संगै हुने गर्छन्। प्रेम सार्वजनिक भएसंगै उनीहरुले विवाह गर्ने घोषणा गरिसकेका छन्। गत जुलाईमा नै इन्गेजमेन्ट गरेका यो जोडिले आफ्नो नाम पनि ‘आयाङ्का’ राखिसकेका छन्। यसै नामबाट फाउण्डेसन स्थापना गरेका छन् भने पछि छोरीको नाम ‘आयाङ्का’ राख्ने योजना समेत बनाई सकेका छन्। तर उनीहरुले इन्गेजमेन्ट भएपछि धेरैले उनीहरुको विवाह कहिले हुन्छ भन्ने चासोपुर्वक हेरेका थिए। उनीहरुलाई अब विवाह कहिले भनेर ५ महिना अगाडि ‘आयाङ्का फाउण्डेसन’ घोषणा कार्यक्रममा पत्रकारहरुले जिज्ञासा राखेका थिए। त्यसबेला अभिनेत्री प्रियङ्काले आफूहरुले असारमा विवाह गर्ने बताएका थिए। आफ्ना भाई र आफन्तहरु अमेरिकामा रहेकाले गर्मीको लामो विदामा नेपाल आए पछि सबैको उपस्थितीमा विवाह गर्ने बताएकी थिइन्।

उनले असारमा हुने विवाहको घोषणा गरेको पनि ५ महिना पुरा भइसकेको छ। असार मध्य सम्म आइपुग्दा पनि उनीहरुको विवाहको हल्लाखल्ला र सुरसार नहुदाँ कतै उनीहरुको मन बदलिएको त होइन ? कि सिनेमाको मिति सरे जस्तै विवाहको पनि मिति सरेको हो ? प्रश्न उब्जिएको छ। निरन्तर ओरालो लाग्दो सिने करिअर, कान्स विवाद जस्ता कारणले गर्दा पनि उनीहरु विवाहको मुडमा नभएको अनुमान लाउन सकिन्छ। भर्खरै प्रियङ्का र आयुष्मान अभिनित सिनेमा ‘प्रेमदिवस’लाई दर्शकले पत्याएनन्। यसबाट पनि तनावमा भएका यि जोडी विवाहको लागि तयार भएको देखिदैन। प्रियङ्का कार्कीको यति बेला ‘हेल्लो जीन्दगी’ र आयुष्मान ‘सानो मन’ सिनेमा आउने क्रममा रहेको छ। यसबारेमा बुझ्न खोज्दा प्रियङ्का र आयुष्मान दुवैसंग हाम्रो फोन सम्पर्क हुन सकेन। जे होस् असारमा आयाङ्का जोडीको विहे भोज खान ठिक्क परेकाहरुलाई अन्योलमा पारिदिएको छ। कतै उनीहरु विवाहको उपयुक्त लगन जुराउनलाई पण्डितकोमा धाउदा धाउदै अबेर भएको हो की ?

प्रकाशित मिति : १३ असार २०७६, शुक्रबार १२:१८

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook