Breaking News

Radio Star

केहि समय अगाडी चलचित्र ‘कोहोलपुर एक्सप्रेस’ टिमले नयाँ कमेडी शो लिएर आउने भएको छ। ‘कमेडी च्याम्पियन’ नाम दिएको रियालिटी शोलाई निर्माण टिमले स्तरीय बनाउन कुनै कसर बाँकि नराख्ने निर्माण टिमले बताएको छ। कान्तिपुर टेलिभिजन बाट प्रसारण हुने शोलाई विशाल भण्डारीले निर्देशन गर्नेछन्। चलचित्रको प्रोडक्सन टिममा केकी अधिकारि र समुह रहेको छ। निर्माताको रुपमा, विशाल भण्डारी, केकी अधिकारी, राज घिमिरे र श्रीजे थपलिया रहेका छन्। रियालिटी शोजमा चार जज राखिएको छ। बरिष्ठ हास्यकलाकार सन्तोष पन्त, कमेडियन मनोज गजुरेल, निर्देशक प्रदिप भट्टराई र अभिनेत्री ऋचा शर्मा रहनेछन्। शोलाई अभिनेत्री तथा नेपाल आइडल होस्ट रिमा विश्वकर्माले संचालन गर्नेछिन्। कार्यक्रमको बारेमा बोल्दै केकी भन्छिन्, ‘यो शोलाई स्तरीय बनाउने हाम्रो कोसिस रहनेछ। विदेशी शोबाट प्रभावित नहुने हाम्रो प्रयास रहनेछ। ‘ यो शोमा सहभागी हुन् डिजिटल अडिसन दिनुपर्ने छ। अडिसनका लागी तीन मिनेट(स्वदेशी) र पांच मिनेट (विदेशी) भिडियो मोवाइल एप्स मार्फत पठाउनुपर्ने छ। डिजिटल र फिजिकल गरि दुई फर्म्याटमा अडिसन हुने बताइएइको छ। कमेडी च्याम्पियनलाई विवाद रहित बनाउने कोशिसमा निर्माण रहेको छ। शो ६० प्रतिशत स्क्रिप्टेड रहने निर्णायक तथा जज ऋचा शर्माले बताएकी छिन्। शोको विजेतालाई ५० लाख पुरस्कार दिईनेछ।

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार ०८:५५

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook