Breaking News

Radio Star

विराटनगर । सामाजिक सुरक्षा कार्यक्रमको सफलताबारे सरोकारवाला पक्षले नै चिन्ता व्यक्त गरेका छन् ।  नेपाल ट्रेड युनियन कांग्रेसमा आवद्ध विभिन्न पेशागत संघसंगठनका प्रतिनिधिले मजदुरले बुझाएको करको भरमा सरकारले समाजिक सुरक्षा कार्यक्रम ल्याएपनि यसको कार्यान्वयन पक्ष निकै चुनौतीपूर्ण देखिएको बताएका हुन । नेपाल ट्रेड युनियन कांग्रेस मोरङको शनिबार विराटनगरमा सम्पन्न जिल्ला परिषद् भेला उद्घाटन कार्यक्रममा बोल्दै पेशागत संस्थाका वक्ताले सामाजिक सुरक्षा कोषण्मा निकै ठूलो रकम जम्मा भएपनि त्यसको व्यवस्थापन कठिन भएको बताए । नेपाल कारखाना मजुदर संघका अध्यक्ष श्रीप्रसाद साहले निकै ढिलो गरी सामाजिक सुरक्षा कार्यक्रम आएपनि रोजगारदाताहरु त्यसमा सहभागी हुन अनिच्छुक देखिएको बताउँदै भने,‘‘कोषको रकम कतै दुरुपयोग त हुँदैन भन्ने चिन्ता थपिएको छ ।’’ उनले यसको कार्यान्वयन पक्षबारे स्वयम् मजदुरहरु नै सशंकित रहेको सुनाए ।
नेपाल वित्त कर्मचारी संघका अध्यक्ष अजुन भट्टराईले सामाजिक सुरक्षा ऐन आएपनि यो कसरी कार्यान्वयन हुन्छ भन्ने ठूलो शंका रहेको बताउँदै भने,‘‘सरकारको काम गराईबाट पनि विश्वस्त हुनसक्ने आधार छैन् ।’’ नेपाल ट्रेड युनियन कांग्रेसका पूर्व केन्द्रीय सहकोषाध्यक्ष जनार्दन निरौलाले मजदुरको विषयमा सरकार निकै उदासीन भएको आरोप लगाए । उनले ‘सरकारको गतिविधिले उ मजदुर र श्रमिकमैत्री छैन भन्ने पुष्टि हुँदै गएको’ दाबी गरे ।
नेपाल ट्रेड युनियन कांग्रेसका पूर्व केन्द्रीय अध्यक्ष लक्ष्मण बस्नेतले मजदुरको हितबिना राष्ट्रको विकास संभव नहुने बताए । भने,‘‘तर, मजदुुरको सरकार भनेर दाबी गर्नेहरुले अहिले मजदुरमैत्री व्यवस्था ल्याउन सकेका छैनन् । उनीहरुको लागि राहतका कार्यक्रम छैनन् ।’’ बस्नेतले खाडी गएर नेपाली युवकले श्रम नगर्ने हो भने देशको अर्थतन्त्र नै ‘कोल्याप्स’ हुने बताए । ट्रेड युनियक कांग्रेसका प्रदेश १ अध्यक्ष नाराणबाबु कार्कीले सरकारको स्थिति मजदुरमैत्री नरहेको टिप्पणी गरे । जिल्ला अध्यक्ष सुशीक कोइरालाको सभापतित्वमा भएको कार्यक्रममा प्रदेशसभा सदस्य शान्ता पौडेल,नेपाल तरुण दलका मोरङ अध्यक्ष सञ्जय थापा, कांग्रेसका विराटनगर कार्यवाहक अध्यक्ष अरुण न्यौपाने, नेविसंघका पूर्वकेन्द्रीय सहमहामन्त्री कृष्ण कार्की, महिला संघकी प्रमिला थापालगायतले मजदुर र श्रमिक वर्गको हितबिना देश विकास सम्भव नहुनेमा जोड दिए । परिषदबाट महिला विभागको अध्यक्षमा झुमा निरौला गौतम र युवा विभागको अध्यक्षमा रीनाबाबा श्रेष्ठ निर्वाचित भएका छन । दुबै विभागको २१ सदस्यीय कार्यसमिति रहेको छ ।

प्रकाशित मिति : २१ असार २०७६, शनिबार १८:२७

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook