Breaking News

Radio Star

श्रीलङ्कामा आयोजना भएको ‘सार्क फिल्म फेस्टिभल २०१९’ मा सहभागी हुन अभिनेत्री स्वस्तिमा खड्का यति बेला श्रीलङ्कामा छिन् । उनी अभिनीत चलचित्र ‘बुलबुल’ नेपालको तर्फबाट छानिएर उक्त फेस्टिभलमा पुगेको थियो । बुलबुलसँगै चलचित्र ‘प्रसाद’ पनि छानिएको थियो । विनोद पौडेलको निर्देशनमा निर्माण भएको ‘बुलबुल’ सफल चलचित्रमा गनिन्छ । दर्शक तथा समीक्षकले चलचित्रलाई सकारात्मक प्रतिक्रिया दिएका थिए । यस चलचित्र स्वस्तिमाको करियरको एक उत्कृष्ट चलचित्रको रूपमा हेरिन्छ । यसै चलचित्रको तर्फबाट अभिनेत्री स्वस्तिमाले ‘वेस्ट पर्फमर अफ दि इयर’को उपाधि पाएकी छिन् । स्वस्तिमाले सामाजिक सञ्जालमा उक्त जानकारी दिँदै ट्रफी समातेको फोटो राखेकी छिन् । उनले आफूले पाएको सफलताको श्रेय बुलबुल टिमलाई दिएकी छिन् । फेस्टिभलको अन्तिम दिन आज विजेता घोषणा गरी सम्मान गरिएको हो । सार्क सदस्य रहेका आठ देशबाट छानिएका चलचित्रहरूले सार्क फिल्म फेस्टिभलको ९औँ संस्करणमा सहभागिता जनाएका थिए ।

प्रकाशित मिति : २३ असार २०७६, सोमबार ०७:०२

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook