Breaking News

Radio Star

विराटनगर २३ असार । स्थानीय निकायमा निर्वाचित भएदेखीनै स्वच्छ छवी बनाउदै आएकी विराटनगर महानगरका डाइनामिक उपमेयर इन्दिरा कार्कीले फेरी जनताको मन जित्ने काम गरेकी छन । देशभरिका जनप्रतिनिधि लोभीपापी भैरहेको चर्को आलोचना खेपिरहेको बेला उपमेयर कार्कीले आफुले प्राप्त गर्ने पोशाक भक्ता बापतको १० हजार नलिने घोषणा गरिन । यो घोषणाले उनको कद् हवात्तै बढेको छ ।
विवादरहित दुई बर्षे कार्यकाल पुरा गरिसकेकी कार्कीको यो घोषणाको चौतर्फी प्रशंसा भैरहेको छ । कर्मचारीलाई उपलब्ध गराउने पोशाक भत्ता जनप्रतिििनधि भएर लिनु उचित नहुने ठहर गर्दै स्वीकार नगरेको उनले बताईन ।
उनी सँगै विराटनगर महानगरमा कांग्रेसबाट निर्वाचित ६ वडा अध्यक्षले पोशाक भक्ता नदिने सोमवार विज्ञप्ति मार्फत घोषणा गरेका छन । यसरी विज्ञप्ति निकाल्ने अध्यक्षहरूमा वडा न १ का उद्धव अर्याल , ३ का विनोद बस्नेत ,४ का देवेन्द्र पोखरेल , ७ का मधुवावु तिवारी , ८ का निश्चल अर्याल र ९ का विश्वनाथ भगत छन ।
महानगरको गत असार १२ गतेको चौथो परिषद बैठकमा तत्कालीन एमालेबाट निर्वाचित वडा न १२ का महिला सदस्य झुमा पाठकले पोशाक भत्ता उपलब्ध गराउनु पर्ने जोडदार माग गरेकी थिईन । पाठकले वडा सदस्यहरू विच लवीङ्ग गरेपछि प्रमुख देखी वडा सदस्यलाई बर्षेनी पोशाक भत्ता बापत जनही १० हजार रूपैया उपलब्ध गराउने परिषदबाट निर्णय भएको थियो ।
१९ वडा रहेको महानगरमा प्रमुख , उपप्रमुख, अध्यक्ष र सदस्य सहित ९७ , र कार्यपालिका ८ सदस्य गरि जम्मा १०५ जनप्रतिनिधिलाई पोशाक भक्ता उपलब्ध गराउने परिषदले निर्णय गरेको थियो । सो बापत महानगरले बर्षेनी १० लाख ५० हजार फुजल खर्च व्यहोरनु पर्ने स्थिति छ ।
विराटनगरका प्रमुख भीम पराजुलीले भने महानगरबाट प्राप्त गर्ने पारिश्रमिक , भत्ता लगायतका कुनै पनि सुविधा लिएका छैनन । उनले प्राप्त गर्ने सवै रकम सरकारी विधालयलाई बर्षेनी उपलब्ध गराउदै आएका छन । पोशाक भक्ता उपलब्ध गराउने परिषदको निर्णय विरूद्ध सामाजिक सञ्जालमा स्थानीयले विष बमन गरेका थिए ।
परिषदको निर्णय आएको भोली पल्टै नेकपाबाट निर्वाचित वडा न ११ का वडा अध्यक्ष तिर्थेन्द्र न्यौपानले तत्कालै बिज्ञप्ति निकाली पोशाक भक्ता नलिने घोषणा गरेका थिए । न्यौपानलेले अध्यक्षहरूलाई महानगरले उपलब्ध गराएको मोटरसाईकलको सुविधा पनि अस्वकीकार गरेका थिए ।

प्रकाशित मिति : २३ असार २०७६, सोमबार २०:१३

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook