Breaking News

Radio Star

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र राजपाको विरोधका कारण १५ मिनेटका लागि स्थगित गरिएको प्रतिनिधिसभा बैठक बस्दै नबसी बुधबार १ बजे सम्मका लागि सारिएको छ ।  सर्लाही घटनाबारे छानविन गर्न संसदीय समिति गठन गर्न माग गर्दै काँग्रेस र राजपाका सांसदले नाराबाजी गर्दे रोष्टम घेरेपछि सभामुख कृष्णबहादुर महराले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए । संघीय संसद सचिवालयले  सूचना टाँसेर बैठक विशेष कारणवश बस्न नसक्ने भएकाले २५ गते बुधबार १ बजे बस्ने गरी निर्धारण गरिएको जनाएको छ । सूचनामा भनिएको छ, ‘आज मिति २०७६ साल असार २४ गते मंगलबार १५ मिनेटपछि बस्ने गरी स्थगित गरिएको प्रतिनिधिसभाको बैठक विशेषकारणवस बस्न नसक्ने भएकोले प्रतिनिधिसभा नियमावली २०७५ को नियम ६ को उपनियम ३ बमोजिम सम्माननीय सभामुखज्यूले अर्को बैठक २०७६ साल असार २५ गते बुधबारको दिन १ बजे बस्नेगरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरुको जनकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

प्रकाशित मिति : २४ असार २०७६, मंगलवार १६:१८

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook