Breaking News

Radio Star

विराटनगर, २५ असार । कवि जगन्नाथ गुरागाईंको ११९ औं जन्मजयन्तीको अवसरमा काठमाडांैमा एक विशेष साहित्यिक सभा सम्पन्न भयो ।
कवि जगन्नाथ गुरागाई साहित्य प्रतिष्ठानको आयोजनामा काठमाडौं सम्पन्न उक्त सभामा साठी जना कविहरूले कविता वाचन गरेका थिए । कवि जगन्नाथ गुरागाई साहित्य प्रतिष्ठानका अध्यक्ष राधिका गुरागार्इंको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि साहित्यकार रमेश खकुरेलले ओझेलमा रहेका कवि जगन्नाथको नाममा प्रतिष्ठान खोल्नु सराहनीय कार्य भएको बताए । साहित्यकारहरू रोचक घिमिरे, नगेन्द्रराज शर्मा, कुन्ता शर्मा, विधान आचार्य, डा. कृष्णप्रसाद दाहाल, रामप्रसाद पन्त, डा. सुवास घिमिरे र गोकुल अधिकारीले कवि जगन्नाथ गुरागाईले गुणरत्नमाला जस्ता कृतिहरू लेखेर नेपाली साहित्य भण्डारलाई उचाइमा पु¥याएको चर्चा गरे ।
सो कार्यक्रममा प्रल्हाद पोखरेल, कलानिधि दाहाल, विमल वद्य, गंगा सुवेदी, लक्ष्मी उप्रेती, सुविद गुरागाई सुदेश सत्याल, मनोज न्यौपाने, गीता कार्की, पवन आलोक, डम्बर घिमिरे, तोया गौतम, नवराज पुडासैनी, विजयध्यज थापा, सुशीला काफ्ले लगायत साठी जना स्रष्टाले आ–आफ्नो तथा कवि जगन्नाथ गुरागाईको गुणरात्नमाला नामक कविता संग्रहभित्रका कविता वाचन गरे ।
विक्रम सम्वत १९५७ असार २३ गते ताप्लेजुङमा जन्मिएका कवि जगन्नाथ गुरागाईको कविता कृति गुणरत्नमाला नेपाली समुदायमा रामायणभन्दा पछि सबैभन्दा ज्यादा पढिने कृति मानिन्छ । भारतको असम र वर्मा (म्यानमा) मा रहने हरेक नेपाली भाषभाषीको घरमा भानुभक्तको रामायण र जगन्नाथ गुरागाईको गुणरत्नमाला राख्ने र पढ्ने गरिन्छ ।
एक वर्ष अगाडि यी स्रष्टाको नाममा विराटनगरमा गठन भएको कवि जगन्नाथ गुरागाई साहित्य प्रतिष्ठानले निकट भविष्यमा कवि जगन्नाथ स्मृति ग्रन्थ प्रकाशन गर्ने प्रतिष्ठानका अध्यक्ष राधिका गुरागाईले जानकारी दिइन् ।

प्रकाशित मिति : २५ असार २०७६, बुधबार ११:१६

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook