Breaking News

Radio Star

न्यूजिल्याण्ड आईसीसी विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । विश्वकपको पहिलो सेमिफाइनलमा भारतलाई १८ रनले पराजित गर्दै न्यूजिल्याण्ड फाइनलमा पुगेको हो । म्यान्चेस्टरस्थित ओल्ड ट्राफोर्ड क्रिकेट मैदानमा बुधबार सम्पन्न खेलमा खेलमा न्यूजिल्याण्डले दिएको २सय४० रनको लक्ष्य पछ्याएको भारत २सय२१ रनमा समेटिएपछि न्यूजिल्याण्ड फाइनल पुगेको हो । भारतविरुद्ध न्यूजिल्याण्डका बलरहरुले कसिलो बलिङ गर्दा तुलनात्मक रुपमा बलियो मानिएको भारत पराजित भयो । मंगलबार भएको खेल वर्षाले प्रभावित भएपछि बुधबार खेलाइएको थियो । भारतीय अग्रपंत्तिका ब्याट्सम्यान चल्न नसकेपछि न्युजिल्यान्डले भारमाथि सहज जीत हात पारेको हो । भारतका लागि २सय२१ रन बनाउने क्रममा रविन्द्र जडेजाले ७७ रन बनाए भने महेन्द्रसिंह धोनी ५० रनमा आउट हुँदा रिसभ पन्त र हार्दीक पाण्ड्याले समान ३२ रन बनाएका थिए । ओपनिङ ब्याट्सम्यान केएल राहुल, रोहित शर्मा र विराट कोहली समान एक–एक रन बनाएर आउट भएपछि भारत दबाबमा थियो । न्यूजिल्याण्डका बलरले भारतलाई खेल भारी दबाबमा राख्दै आफूलाई हावी गरेको थियो । भारतविरुद्ध न्यूजिल्याण्डका माट हेनरीले ३ विकेट लिए भने मिचेल सेन्टनेर र ट्रेन्ट बोल्टले समान २–२ विकेट लिँदा लोकि फर्गुसन र जिम्मी निसामले समान एक–एक विकेट लिएका थिए । यसअघि पहिलो ब्याटिङ गरेको न्यूजिल्याण्डका लागि २सय३९ रन बनाउउँदा रस टेलरले ७४ रन प्रहार गरेका थिए भने केन विलियमसनले ६७ रन बनाएका थिए । न्यूजिल्याण्डविरुद्ध भारतका भुवनेश्वर कुमारले ३ विकेट लिँदा जस्प्रित बुमराह, हार्दिक पाण्ड्या, रविन्द्र जडेजा र युज्भेन्द्र चहालले समान एक–एक विकेट लिएका थिए । फाइनल पुगेको न्युजिल्यान्डले बिहीबार हुने दोस्रो सेमिफाइनलमा इंग्ल्यान्ड र अस्ट्रेलियाबीचको विजेतासँग खेल्नेछ । फाइनल खेल जुलाई १४ मा लड्स क्रिकेट मैदानमा हुनेछ ।

प्रकाशित मिति : २५ असार २०७६, बुधबार २०:१४

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook