Breaking News

Radio Star

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत संघीय सरकारले पठाएको रकम विराटनगर महानगरपालिकाले काम नगरी फिर्ता पठाएको छ । रोजगार कार्यक्रमका लागि महानगरमा आएको एक करोड रकम मध्ये महानगरले करिब ८५ लाख रुपैयाँ काम नगरी फिर्ता पठाएको हो । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत महानगरपालिकामा १६ सयले बेरोजगारीको फारम भरेका छन् । केन्द्रले पठाएको रकमले ४ सय ५० जनालाई एक महिना रोजगारी दिन सकिन्थ्यो । तर महानगरपालिकाले ९१ जनालाई मात्र रोजगारी दिएको छ । रोजगारी पाएकाहरु मध्ये केहीले बीचमा नै जागिर छाडेका छन् । महानगरपालिकाका रोजगार संयोजक दिनेशकुमार साहका अनुसार १९ वटा वडामा ९१ जनालाई रोजगारी दिइको थियो । तर ती मध्ये केहीले जागिर छाडेका हुन् । महानगरपालिकाले वडा नम्बर १४ मा वृक्षारोपण, ८,९ र १० मा ढल जडानमा प्रयोग गरिएको थियो र महानगरले सबै वडाबाट ३–३ जनालाई तथ्याङ्क संकलन गर्न प्रयोग गरिएको थियो । महानगरले सिप बिनाका मजदुरलाई न्यूनतम ५१७ रुपैयाँ र सीप भएका मजदुरलाई ६०० सयका दरले पारिश्रमिक दिएका थिए । रोजगार कार्यक्रम अन्तरगत नियुक्ति पाएकाले एक महिनाको काम सकेका छन् । यो खबर आजको उद्घोष दैनिकमा प्रकाशित छ

 

किन खर्च भएन रोजगार कार्यक्रमको बजेट ?

विराटनगरमा करिब १६ सयले बेरोजगारीको फारम भरेका थिए । तर महानगरपालिकाले ९१ जनालाई मात्र नियुक्ति दिएर काममा खटायो । रोजगार संयोजक दिनेशप्रसाद साह सूचना निकाल्दा ९१ जना मात्र सम्पर्कमा आएको बताउँछन् । रोजगारीमा फारम भर्ने मध्ये अधिकांश शिक्षित छन् । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली कार्यविधि नमिलेका कारण सबै बजेट खर्च गर्न नसकेको बताए । सबै बजेट खर्च गर्दा दुरुपयोग हुने अवस्था आएकाले बजेट फिर्ता पठाएको उनले बताए । ‘राज्य कोषको रकम राज्यकोषमा नै पठायौं ।’ उनी भन्छन् ‘अख्तियारी ढिलो आयो, अनुत्पादक क्षेत्रमा खर्च गरिएन ।’ तर महानगरपालिका स्रोत भने रोजगारीको फारम भरेकाहरु मध्ये पार्टी हेरेर रोजगारी दिइएको बताउँछ ।

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार १२:०१

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook