Breaking News

Radio Star

लगातारको वर्षाले गर्दा विराटनगर जलमग्न भएको छ । गत मंगलबार रातिदेखि आएको अविरल वर्षामा प्रदेश नम्बर एक को राजधानी विराटनगर जलमग्न भएको हो । रातिबाट परेको पानीले विराटनगरका अधिकांश भागहरू जलमग्न भएका छन् । विराटनगरमा अहिले पनि वर्षा जारी छ । विराटनगर महानगर क्षेत्रमा भइरहेको सडक निर्माणसँगै ढल र नाला निर्माणको काम अब्यवस्थित हुँदा वर्षाको पानीले निकास नपाउदा विराटनगरका धेरैजसो स्थान जलमग्न हुन पुगेका छन् । ढलको पाइप बिछ्याउन सडक खनेर छोडिदिने प्रवृत्तिले विराटनगर महानगरपालिका पानी बग्न नपाएको हो । मुख्य सडकहरू खनेर हप्तौसम्म काम अघि नबढाउँदा सर्वसाधारणले सास्ती खेप्नु परेको छ । एसियाली बिकास बैंकको ऋण सहयोगमा क्षेत्रीय सहरी विकास परियोजना अन्तर्गत विराटनगर महानगरपालिका भित्रका सडक कालोपत्रे गर्ने काम सुरू भएयता सामान्य वर्षामा पनि जलमग्न हुने गरेको छ ।

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार १२:११

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook