Breaking News

Radio Star

यस वर्षको प्रतीक्षित फिल्म ‘छ माया छपक्कै’ ले प्रदर्शन मिति तय गरेको छ । यसअघि फिल्म दशैँको मौका पारेर रिलिज हुने भनिए पनि मिति तय गरिएको थिएन । निर्माण टिमका अनुसार यो फिल्म असोज १० गते प्रदर्शन हुने भएको छ । चलचित्रमा दीपकराज गिरी र केकी अधिकारीको जोडी देख्न सकिनेछ । फिल्मको छायांकन नसकिँदै विदेशी राइट्स एक करोडभन्दा बढीमा विक्री भएको यो फिल्मको निर्देशन दीपेन्द्र लामाले गर्नेछन् । फिल्ममा केदार घिमिरे, जितु नेपाल लगायतका कलाकारको पनि अभिनय रहनेछ । चर्चाका हिसाबले यो फिल्मले दर्शकको ध्यान तान्ने देखिए पनि यो मितिमा अर्को फिल्म ‘घामड शेरे’ पनि पद्रर्शनमा आउने सम्भावना छ । यो फिल्मलाई डीसीएनले वितरणको जिम्मा लिइसकेको छ । योसँगै दशैँमा अशोक शर्मा निर्देशित फिल्म ‘रातो टीका निधारमा’ पनि प्रदर्शन हुँदैछ । फिल्म फूलपातीका दिनदेखि रिलिज हुने सम्भावना बढेको छ । यद्यपि ‘घामड शेरे’ र ‘रातो टीका निधारमा’ टिमले रिलिज मिति भने फाइनल गरेका छैनन् ।

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार १६:४६

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook