Breaking News

Radio Star

विराटनगर, २५ असार । सरकारको कार्यशैलीप्रति प्रदेश–१ मा पनि नेपाली कांग्रेस आक्रमक रुपमा प्रस्तुत भएको छ ।
कांग्रेसले सरकारको कार्यशैलीमा परिवर्तन नआए सडक संघर्षमा उत्रिने चेतावनीसमेत दिएको छ । सोमबार बसेको प्रदेशसभा बैठकमा कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले भने, “सरकार तानाशाह र निरंकुशतातर्फ उन्मुख भइरहेको छ । आफ्नो शैली परिवर्तन नगरे गाउँदेखि नै आन्दोलन गर्नुको विकल्प छैन ।”
सरकार महाराज हुनेतर्फ उन्मुख भइरहेको उनको कथन थियो । महेन्द्र संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालाजस्तो प्राज्ञिक व्यक्तिलाई गरिएको व्यवहार र माइतीघरमण्डलामा प्रदर्शन गर्न रोक लगाइएको प्रति उनले आपत्ति जनाए । २००७ सालदेखि देश प्रजातन्त्रका लागि संघर्ष गरेको कांग्रेसलाई कमजोर नआँक्न कार्कीले चेतावनी दिए ।

प्रकाशित मिति : २५ असार २०७५, सोमबार १७:२३

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook