Breaking News

Radio Star

सुशीला पाठक
विराटनगर, ६ साउन । खाद्य अनुज्ञापत्र र मापदण्ड पूरा नगर्ने विराटनगरको दुईवटा पानी उद्योगमा अनुगमन टोलीले शिलबन्दी गरेको छ । प्रदेश–१ को सामाजिक विकास मन्त्रालयको नेतृत्वको अनुगमन टोलीले विराटनगर–४ नोवेल हस्पिटल पछाडि सञ्चालनमा रहेको गोमारानी उद्योगले उत्पादन गर्ने निकीगंगा पानी र विराटनगर–५ जामुनगाछीमा रहेको पूजा पानी उद्योगमा आइतबार शिलबन्दी गरेको हो ।
निकिता श्रेष्ठले एक वर्षअघिदेखि उत्पादन गर्दै गरेको गोमारानी उद्योगले खाद्य अनुज्ञापत्र नलिएको र रामविलास साहले ३ वर्षअघिदेखि अनुज्ञापत्र नवीकरण नगरेको तथा व्यवस्थित तरिकाले पानी उत्पादन नगरेको देखिएपछि शिलबन्दी गरिएको क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयल विराटनगरका खाद्य निरीक्षक प्रेम अर्यालले जानकारी दिए । अनुगमनको क्रममा मोरङको बूढीगंगा गाउँपालिका–१ गंगाचौकमा रहेको शुभजल उद्योग र विराटनगर–२ तीनपैनी चौकमा रहेको तिरुपति उद्योगले उत्पादन गरेको सिर्जल खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले तोकिएको मापदण्ड पूरा नगरेकाले चाँडै मापदण्ड पूरा गर्न निर्देशन दिएको अनुगमन टोलीले जनाएको छ । अनुगमनको क्रममा ५ वटै पानी उद्योगले मापदण्ड पूरा नगरेको भेटिएकाले सामाजिक विकास मन्त्रालयका उपसचिव गोपीप्रसाद घिमिरले अनुज्ञापत्र बिना सञ्चालित र नवीकरण नगर्ने उद्योगमा शिलबन्दी, अव्यवस्थित र फोहर देखिएको उद्योगलाई सफा र व्यवस्थित रुपमा सञ्चालन गर्न निर्देशनसमेत दिएको बताए ।
विराटनगर–५ हरिहरपथमा रहेको शुभकामना जल उद्योगको सञ्चालक रञ्जिल अग्रवालले अनुगमन टोली आएको थाहा पाएपछि उद्योग बन्द गरेर फरार भएका थिए । आउँदो असोज मसान्तसम्म खाद्यले तोकिएको मापदण्ड पूरा नगरेको भेटिए त्यस्तो पानी उद्योग शिलबन्दी गर्ने टोलीले जनाएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७५, आईतवार १९:५६

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook