२२ साउन २०७७, बिहिबार
ताजा अपडेट Close

Birat Sandesh

शुक्रबार, साउन २५, २०७५ मा प्रकाशित

शत्रुगते पछि मह संचारको ब्यानरमा फेरि अर्को  चलचित्र “दाल भात तरकारी” बन्ने भएकोछ । मह सञ्चारको प्रस्तुतीमा किरण केसीले निर्माण गर्ने चलचित्र ‘दालभात तरकारी’को प्रदर्शन मिति छायाँकन अगाडी नै तय गरिएको छ । निर्माण पक्षले जानकारी गराए अनुसार चलचित्र  ‘दालभात तरकारी’ आगामी सालको बैशाख १३ गते प्रदर्शनमा आउने छ ।

सुदन केसीको डेव्यु निर्देशन रहने चलचित्र ‘दालभात तरकारी’ का कलाकारहरुको नाम भने गोप्य राखिएको छ । तर विश्वस्त श्रोतका अनुसार ‘दालभात तरकारी’मा दर्शकले अभिनेता हरिवंश आचार्य र अभिनेत्री निरुता सिंहको जोडीलाई देख्न पाउँने पक्का पक्की भएको छ । यस्तै नायक पुष्प खड्का र नायिका स्वस्तिमा खड्काको जोडी पनि चलचित्र दालभात तरकारीमा बाँधिने सम्भावना प्रवल छ । हाँस्यव्यांग्य कलाकार विल्सन विक्रम राई केही दिन अगाडी मात्रै अनुबन्धित भएका छन् ।

कलाकार बारे निर्माता किरण केसीसँग थप बुझ्दा उनले हाल केही नबोल्ने बताए । माथि उल्लेखित कलाकार फिल्ममा हुन नसक्ने पनि भन्न सकेनन् । ‘केही दिनमै प्रेसमिट गरेर कलाकार र प्राविधिक बारे सबै जानकारी गराउँछु’, निर्माता केसी भन्छन् ।

‘शत्रुगते’को सफलतापछि मह जोडी र किरण केसी ‘दालभात तरकारी’ निर्माणमा कस्सिएका हुन् । ‘शत्रुगते’ का दिपकराज गिरी, दिपाश्री निरौला, प्रियंका कार्की, पल शाह र आँचल शर्मा सम्भवतः ‘दालभात तरकारी’मा हुने छैनन् ।

शुक्रबार, साउन २५, २०७५ मा प्रकाशित
मनोरञ्जन संग मिल्दोजुल्दो
ताजा पोष्ट
लोकप्रिय पोष्ट
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]