शेखर रेग्मी
विराटनगर ६ भदौ । सभापति शेरवहादुर देउवाको नेतृत्व पूर्ण रूपमा असफल बनेपछि पार्टी भित्रै नेतृत्व परिवर्तनको माग उठिरहेको बेला डा. शेखर कोइरालालाई कांग्रेसका यूवा नेताहरूले भावी सभापतिको उम्मेदवार बन्न प्रस्ताव गरेका छन
कांग्रेस भित्रकै एउटा खेमाले आगामी १४ औ महाधिबेशनमा सभापतिका लागी डा. कोइरालाई उम्मेदवार बनाउने गरि नयाँ समूह गठन गरेको बुझिएको हो । संघीय र स्थानीय तहको चुनावमा कांग्रेसले नराम्रो पराजय भोगेपछि पार्टीलाई थप उर्जावान र शसक्त बनाउन नयाँ समूह गठन गरेर जाने तयारी भएको सूत्रले बतायो । यथास्थितिमा कांग्रेस कमजोर रहने महसुश गर्दै कांग्रेस भित्रकै लोकप्रिय र यूवा नेताको समूहले डा कोइरालाई सभापति बनाउने इच्छा जाहेर गरेका हुन ।
कोइरालाले भावी सभापतिको उम्मेदवार बन्ने इच्छा राखेपनि त्यो कुरा अहिले सम्म खुलाउन सकेका र्छैनन । पछिल्लो उनको मेची महाकाली दौडाहालाई लिएर कार्यकर्ताले नै कोइराला सभापतिको उम्मेदवार बन्ने आशंका गरेका छन । पार्टी सभापति देउवाको कट्टर आलोचक भएर प्रस्तुत भैरहेका कोइरालाको पक्षमा जनसमर्थन पनि बढदै गएको छ । यो समूहले कोइरालालाई मनाएरै भएपनि सभापतिको उम्मेदवार बनाउने पक्का पक्की जस्तै छ । समुहमा युवा नेता गगन थापा, प्रदीप पौडेल, धनराज गुरुङ, स्वर्णीम वाग्ले लगायतका नेता छन । यी बाहेकका नेतालाई समेत समुहमा समावेश गर्ने विषयमा छलफल भइरहेको सूत्रको भनाई छ । सभापति देउवालाई नमान्ने र बरिष्ठ नेता रामचन्द्र पौडेललाई रोक्ने योजना अनुसार नयाँ समुह गठन गरिएको बुझिएको छ ।
महाधिवेशन आउन अझै २ बर्ष बाँकी रहदै यूवा नेताहरूले नयाँ समूह गठन गरेको बताईन्छ । तर पनि नेताहरुले भने अहिले देखिनै महाधिवेशनको तयारी थालिसकेका छन । महामन्त्री सशांक कोइरालाले आफु, शेखर र सुजता कोइराला मध्ये एक सभापतिको उम्मेद्वार हुने बताउदै आएका छन ।
महामन्त्री शशांकलाई जसरी भएपनि मनाउने र शेखरले पार्टीको नेतृत्वमा दावी गर्ने सूत्रले बतायो । यो समूहलाई कृष्णप्रसाद सिटौला, भिमसेनदास प्रधानले सहयोग पुर्याउने छन भने उनीहरूलाई पनि महत्वपूर्ण स्थान दिने तयारी भइरहेको बताइएको छ । कोइरालालाई सभापतिमा प्रस्ताव गरेपछि यो समूहबाट महामन्त्रीमा गगन थापालाई अघि साने तयारी छ । एक नेताका अनुसार , यो नयाँ समूहमा सवैलाई समेटने र सशक्त पार्टी बनाएर लैजाने योजना अनुसार नयाँ समूह गठन भएको छ ।