विराटनगर २१ भदौ । नेपाली कांग्रेसका प्रभावशाली नेता डा.शेखर कोइरालाले चुनाव ताका पार्टीलाई असहयोग गरि अन्र्तर्घात गर्ने र संगठनलाई कमजोर बनाउने योजनाकारहरूले पार्टी छोडेर गए कुनै विसामत नहुने बताएका छन । अन्र्तर्घातकै कारण धेरै स्थानमा कांग्रेस उम्मेवारको हार भएको स्वीकार गर्दै कोइरालाले संगठन माथी यसरी घात गर्ने कार्यकर्ता पार्टीमा बस्नु भन्दा नबसेकै बेस हुने तर्क गरे । संघीय र स्थानीय चुनावमा कांग्रेस आफ्नै कार्यकर्ताको कारण कतिपय स्थानमा हारेको कोइरालाले स्मरण गराए ।
नेपाली कांग्रेस बुढीगंगा गाउँपालिका—७ कार्य समिती मोरङ्ले विहिवार आयोजना गरेको “नेपाली कांग्रेसको आन्तरिक द्धन्द ब्यवस्थापन” बिषयक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले जनअपेक्षा अनुसार कार्यकर्ता नचल्दा पार्टीको लज्जास्पद हार भएको स्पस्ट पारे ।
अन्र्तर्घात र पार्टी भित्र देखिएको विभाजित मनस्थितिले नै कांग्रेस इतिहास मै कमजोर देखिएको उनको दावी थियो । संगठनमा बसेर पार्र्टीको आदर्श र मर्म बिपरित काम गर्ने छुट कुनै तह र तप्कालाई छैन कोइरालाले भने , तपाईहरू एक हुनुहोस पार्टी पुरानै स्थितिमा पुग्छ ।”
कोइरालाको कार्यकर्तासँग प्रश्न थियो , “तपाईहरू अरू पार्र्टीकसँग मिल्नु सक्नु हुन्छ तर आफ्नै साथीहरुसँग मिल्न किन सक्नुहुन्न ?” पार्टी भित्र देखिएको यो द्धन्द्धलेनै कांग्रेसको साख गिरेको कोइरालाको तर्क छ । यसरीनै अपसी बेमेल हुँदै जाने हो भने संगठन कहिले उस्किन नसक्ने उनको ठोकुवा छ । केन्द्रले टिकट एउटालाई दिन्छ, त्यही दिनदेखी अर्को समुह आफ्नै पार्टीको उम्मेदवार हराउन दलबलका साथ लाग्छ, अनि कसरी कांग्रेस जित्छ ?कोइरालाको प्रश्न थियो ।
कार्यक्रममा पुर्वराज्यमन्त्री हरिनारायण चौधरी, प्रदेससभा सदस्य केदार कार्की लगायतले आआफ्नो धारणा राखेका थिए ।