२६ साउन २०७७, सोमबार
ताजा अपडेट Close

Birat Sandesh

बिहिबार, आश्विन १८, २०७५ मा प्रकाशित

विराटनगर १८ असोज । ग्राहकको प्राय भिड देखिरहने मुख्य बजार क्षेत्रमा संचालनमा आएको साकेत र ग्यालेक्सी पशलले दिनदहाडै सर्वसाधारणलाई दोहन गरेको भेटिएको छ ।
सुपथ मूल्य भन्दै ७ गुणा बढी रकम लिएर ठगी गरेको जिल्ला प्रशासन मोरङले विहिवार गरेको अनुगमनका क्रममा भेटिएको हो । नाम चलेका यी दुवै पशलले जुत्ता , चप्पल , पेन्ट सर्टको विक्रीमा अत्याधिक मुनाफा लिएर विक्री गरेको पाइएको हो । चाडवाडको मुखमा अत्याधिक मुनाफा लिने दुवै पशललाई कडा कार्वाही गर्नुपर्ने माग उपभोक्ताहरूको छ ।
ग्यालेक्सीले ५ सय पर्ने जुत्ता ४६ सयमा बेचेको पाइएको छ भने साकेतले ४ सय ८२ को जिन्स पेन्ट १५ सय ६५मा बेचेको पाइएको हो ।
साकेत र ग्यालेक्सी दुवै फिक्स मूल्यका पसल हुन् । जहाँ कस्मेटीक्सदेखि जुताचपप्पल, ब्याग, कपडा लगायतका सामाग्रीहरु विक्री हुन्छ ।
यस्तै विराटनगरको १२ मा रहेको गोल्छा डेरी उद्योगले इजाजतमा दिएको भन्दा अन्य स्थानमा डेरी उद्योग संचालन गरेको भेट्टिएको छ । साइनबोर्ड नभएको, आवश्यक कागजपत्र नपाएकाले ३ दिनभित्र वाणिज्य कार्यालयमा आवश्यक कागजपत्रसहित उपस्थितीका लागि निर्देशन दिइएको छ । यस्तै अतिथी सदन छेउको बिकानेर मिठाई उद्योगको पनि अनुगमन गरिएको छ । सन्तोषजनक सरसफाई नपाइएको र गुणस्तरमा पनि कमी रहेको आशंकाले मिठाइ लगायतको उत्पादन सामाग्री परिक्षणमा पठाइएको छ । सनसरीमाई स्थान छेउमा रहेको गोपाल किराना स्टोर पनि अनुगमन गरिएको छ । अनुगमनलाई निरन्तरता दिने टोलीले जनाएको छ ।

बिहिबार, आश्विन १८, २०७५ मा प्रकाशित
बिराटनगर खबर संग मिल्दोजुल्दो
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]