१२ आश्विन २०७७, सोमबार
ताजा अपडेट Close

Birat Sandesh

सोमबार, कार्तिक ०५, २०७५ मा प्रकाशित

विराटनगर, कार्तिक ०५ आज विजयादशमीपछिको त्रयोदशी तिथि। मान्यजनका हातबाट दशैँको टीका प्रसाद लगाउने क्रम आइतबार पनि जारी छ। टाढाका आफन्तकहाँ टीका लगाउन जान बसपार्कहरूमा सवारीसाधन कुरिरहेका सर्वसाधारणको घुइँचो छ। अर्कोतिर आइतबारदेखि नै सरकारी कार्यालय खुलेकाले काठमाडौँ फर्किनेको घुइँचो पनि त्यतिकै छ। यातायातका साधन पर्याप्त नचलेकाले टीका लगाउन जाने र लगाएर फर्किनेलाई समस्या भएको छ। नवरात्रभर नवदुर्गाको पूजा आराधना गर्ने र विजयादशमीका दिन मान्यजनबाट टीका र जमरा मान्यजनको हातबाट थाप्ने परम्परा छ। घरमा टीका थापेपछि अन्यत्र टीका थाप्न जाने क्रम कोजाग्रत पूर्णिमासम्म रहन्छ। तराईमा विजयादशमीका दिन मात्र टीका लगाउने चलन भए पनि नेपालका पहाडी अधिकांश जिल्लामा पूर्णिमासम्म टीका लगाउने चलन छ।

सोमबार, कार्तिक ०५, २०७५ मा प्रकाशित
मुख्य समाचार संग मिल्दोजुल्दो
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]