Breaking News

Radio Star

बलिउडका चर्चित प्रेमजोडी दिपिका पादुकोण र रणवीर सिंह यही नोभेम्बर १४ र १५ मा विवाह बन्धनमा बाँधिदै छन्। उनीहरुको विवाह र हनिमुन कुन स्थानमा हुने भनी चर्चा भइरहेको बेला भारतीय सञ्चार माध्यमले विवाह हुने स्थानको बारेमा खुलासा गरेका छन्। भारतीय सञ्चार माध्यमका अनुसार यो जोडीले आफ्नो विवाहका लागि इटालीको लेक कोमोलाई छानेका छन्। प्राकृतिक सुन्दरताले भरिपूर्ण यस क्षेत्र उनीहरुले लगन गाँठो कस्ने सुरसार गरेको् वताईन्छ । यसअघि बलिउडकी चल्तीकी हिरोइन अनुष्का शर्मा र भारतीय क्रिकेटर विराट कोहलीले पनि इटालीमा विवाह गरेका थिए। उनीहरुको विवाह इटालीको टस्कनीमा भएको थियो। तर दीपिका–रणविरले भने सोही देशको अर्को सहर लेक कोमो छानेका हुन्। यो सहर पहिलो क्लासका सेलिब्रिटी जर्ज क्लुनी, मडोना र रिचर्ड ब्रेन्सनका बारेमा फेमस छ।

२०१८ बलिउडका कलाकारको वर्ष भएको छ। सोनम कपुर, नेहा धुपिया र प्रियंका चोपडाले पनि यही वर्ष विवाह गरेका हुन्। लेक कोमो इटाली सहरको चर्चित पर्यटकिय क्षेत्र मध्ये पर्दछ। ऐल्पस पहाडको किनारा बसेको यो सहर पर्यटकीय गन्तव्यको रुपमा रहँदै आएको छ। लेक कोमो इटालीको तेस्रो ठूलो सहर हो। १ सय ४६ स्क्वायर किलोमिटरमा फैलिएको यो लेक करिब १३ सय फिट गहिरो छ। यो युरोपको सबैभन्दा गहिरो लेक मानिन्छ। लेकको चारैतर्फ हरियाली, हिउँले ढाकिएका र सुन्दर पहाड र रंगीन फूलहरुले भरिएका छन्। मुम्बई मिररका अनुसार लेक कोमोस्थित डेल बैलबियानेलोमा हुने दीपिका–रणवीरको विवाहको जिम्मा दिल्लीको एक बेडिङ प्लेनरलाई दिइएको छ। इटालीमा विवाह पश्चात मुम्बई र बैंग्लोरमा मई २ मा  रिसेप्सन हुनेछ।

प्रकाशित मिति : २३ कार्तिक २०७५, शुक्रबार २१:१४

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook