Breaking News

Radio Star

काठमाडौं, २५ मंसिर । नेपाली कांग्रेसको शुक्रबारदेखि शुरु हुने महासमिति बैठकमा प्रस्तुत हुने राजनीति दस्तावेजको मस्यौदा केन्द्रीय समितिबा पेस भएको छ ।  आजको केन्द्रीय समिति बैठकमा उपसभापति विमलेन्द्र निधिले तयार पारेको राजनीतिक प्रस्ताव पेस भएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । मस्यौदामा अहिलेको राजनीतिक अवस्था, कांग्रेसको आगामी राजनीतिक दिशालगायत विषय समावेश गरिएको छ । यसअघि केन्द्रीय समितिबाट विधान मस्यौदालाई अन्तिम रूप दिन कांग्रेस सभापतिसहित शीर्ष नेता आन्तरिक छलफलमा जुटेका थिए । विधान मस्यौदामा गुटगत विवाद देखिएका कारण केन्द्रीय समितिबाट सर्वसम्मत पारित नहुने आएपछि नेताहरू सहमतिका लागि जुटेका हुन् ।

यसैबीच, महासमिति बैठक २८ गते सुरु हुने भएको छ । देशभरका महासमिति सदस्यहरु अघिल्लो दिन नै काठमाडौं आइपुग्नेछन् ।
महासमिति बैठकको उद्घाटन मंसिर २८ गते शनिबार हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् । । त्यही दिन साँझ राजनीतिकसहितका दस्तावेज पेश गर्ने र १ गतेबाट छलफल थाल्ने तयारी छ । महासमिति बैठकमा पेश गर्ने आर्थिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकले पास गरेको छ भने राजनीतिक प्रतिवेदन पेश हुन बाँकी छ । विधान मस्यौदामाथि छलफल सकिएको छ तर, पदाधिकारी संख्या लगायतका विवादमा सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेल समूहबीच सहमति जुट्न बाँकी छ ।

प्रकाशित मिति : २५ मंसिर २०७५, मंगलवार १८:३०

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook