१२ आश्विन २०७७, सोमबार
ताजा अपडेट Close

Birat Sandesh

शनिबार, पौष २१, २०७५ मा प्रकाशित

खोटाङ, २१ पुस । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ फुलवारी टोलमा आगलागी हुँदा अन्दाजी ३ लाख मूल्य बराबरको क्षति भएको छ ।दिउँसो पौने २ बजेको समयमा सोही स्थान बस्ने केशव आचार्यको गाई गोठमा आगलागी हुँदा ढुंगा माटोले बनेको बाँसको चित्राको छानो भएको गोठमा अचानक आगलागी भएको थियो । आगलागीबाट गोठमा भएको काठपात, पराल र गोठमा बाधेको २ वटा चौपाया जलेर नष्ट भएको छ । उक्त आगलागी प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिईएको छ भने आगलागीको कारण नखुलेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

शनिबार, पौष २१, २०७५ मा प्रकाशित
समाचार संग मिल्दोजुल्दो
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]