Breaking News

Radio Star

काठमाडौं, १६ माघ । आज शहिद दिवश मनाईदै छ । प्रजातन्त्र स्थापना एवं पुनस्र्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रको आयोजना गरिएको छ । माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने घोषणा अनुसार विविध कार्यक्रम सम्पन्न भएका छन् । स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा, दशरथ चन्द एवं गङ्गालाल श्रेष्ठलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए ।

मुख्यमन्त्री राईले दिए शुभकामना

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले शहीदहरुको योगदान सधै स्मरणीय रहने बताएका छन् । शहीद दिवसको अवसरमा आज एक शुभकामना सन्देश प्रकाशित गर्दे मुख्यमन्त्री राईले स्वतन्त्रताको पक्षमा निरंकुशताविरुद्ध उभिएर प्रजातन्त्र, लोकतन्त्र तथा गणतन्त्र स्थापनार्थ आफ्नो अमूल्य जीवन बलिदान गर्ने महान शहीदहरुको योगदान सधै स्मरणीय रहने बताएका हुन्। प्रजातन्त्र स्थापना एंव पुःनस्थापना तथा विभिन्न कालखण्डका लागि जीवन आहूति दिने सम्पूर्ण ज्ञात अज्ञात शहीदहरुको सम्झना गर्दे शहीद दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा मुख्यमन्त्री राईले शुभकामना व्यक्त गरेका छन् । नेपालका सबैखाले आन्दोलन सफल बनाउन नेपाली वीर सपुतको बलिदानी रहेको छ मुख्यमन्त्री राईको सन्देशमा भनिएको छ, आफ्नो जीवन अर्पण गर्ने सम्पूर्ण ज्ञात अज्ञात महान शहीदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दे परिवारजनमा उच्च सम्मान अर्पण गर्दछु । नेपालमा प्राप्त लोकतन्त्र र अग्रगमन हाम्रा महान् शहीदहरुका त्याग तथा बलिदानको परिणाम हुन्, शहीदहरुको बलिदानबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दे आर्थिक विकास र समृद्धिका लागि अगाडि बढ्न सकेमा मात्र शहीदहरुप्रतिको सच्चा सम्मान र श्रद्धान्जली हुने मुख्यमन्त्री राईको विश्वास छ । संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न तथा नयाँ संविधानको कार्यान्वयन गर्दे देशलाई समृद्ध बनाउन शहीदहरुको सपना तथा योगदान सधै प्रेरणादायी हुने शुभकामना सन्देशमा उल्लेख छ । देशलाई दिगो आर्थिक विकास सहितको समृद्ध राष्ट्र बनाउँदै शहीदको सपना साकार पार्नका लागि एक भएर लाग्न मुख्यमन्त्री राईले सबैलाई आग्रह गरेका छन् । पछिल्लो चरणमा भएको निर्वाचनपछि मुलुक राजनीतिक स्थिरतातर्फ अगाडि बढेसँगै शहीदका सपना पूरा हुँदै गएको र बाँकी रहेका शहीदका अधुरा सपना पुरा गर्ने दिशामा अगाडि बढिरहेको मुख्यमन्त्री राईले सन्देशमा उल्लेख गरेका छन् ।

प्रकाशित मिति : १६ माघ २०७५, बुधबार १०:२३

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook