Breaking News

Radio Star

पोखरा, १८ माघ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आफ्नो पार्टी सरकारमा पुगेपछि चिकित्सा शिक्षा विधेयकलाई उल्टाइदिने चेतावनी दिएका छन् । नेपाल प्रेस युनियन कास्कीले पोखरामा शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले अनसनरत प्रा.डा. गोविन्द केसीलाई अनसन स्थगन गरेर अन्य आन्दोलन गर्नसमेत आग्रह गरे । डा. केसीले उठाएका मागहरु जनताका माग भएका हुँदा कांग्रेसले पनि साथ दिने र कांग्रेस सत्तामा पुगेपछि ती माग पूरा गर्ने प्रतिबद्धता उनले व्यक्त गरे । नेकपा अध्यक्ष पुष्पकमल दाहालले विगतमा गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति नबनाउनु र सेना प्रकरणमा हात हाल्नु नै ठूलो गल्ती भएको स्वीकार गरे पनि ओलीले त्यसरी आफ्ना गल्ती नस्वीकार्नु भनेको निरंकुशतातर्फ उन्मुख भएको उनको टिप्पणी थियो । ट्रान्सपरेन्सी इन्टरनेशनले निकालेको तथ्यांकको आधारमा कम्युनिष्ट सरकार गठन भएको एक वर्षको अवधिमा भ्रष्टाचार गर्ने मुलुकको सूचीमा झन् अघि देखिएको उनले बताए । प्रवक्ता शर्माले बुढीगण्डकी आयोजनाको उदाहरण दिँदै कम्युनिष्ट सरकारको उपलब्धी भ्रष्टाचार भएको बताए ।

प्रकाशित मिति : १८ माघ २०७५, शुक्रबार १८:५३

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook