Breaking News

Radio Star

विराटनगर, ७ फागुन । गायक प्रमोद खरेलको स्वरमा सजिएको ‘स्वाभिमानी बनी हामी’ बोलको राष्ट्रिय गीतको भिडियो यूटुव मार्फत् रिलिज भएको छ । भिडियोमा सुजन दाहालको प्रमुख भूमिका रहेको छ । पुजा मारियाको एल्बम ‘जिवन साथी’ मा संग्रहित राष्ट्रिय गीतले.हरेक नेपालीलाई स्वाभिमानी बन्न आग्रह गरेको छ । गीतको भिडियोमा सुजन दाहालका साथै सुसान्त रिजाल, रिजन ढकाल, संजय मेहता, अनिस दाहाल, जय कामत र राधा नेपाल, टिका शिवाकोटी आदीको भुमिका रहेको छ । देशमा राष्ट्रिय भावनाको खडेरी लागेको समयमा यो राष्ट्रिय गीतले नेपालीहरुलाई स्वाभिमानी भई बाच्ने संदेश दिने कलाकार सुुजन दाहालले बताएका छन् । स्टार एडभर्ट प्रा. लि. बिराटनगरले बजारमा ल्याएकोे उक्त गीतलाई राम सिटौलाले संगित भरेका हुन् । गीतको भिडियोलाई प्रतिक श्रेष्ठले निर्देशन गरेका हुन् भने छायांकन जय कामतले गरेका हुन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०७५, मंगलवार १६:०६

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook