Breaking News

Radio Star

विराटनगर, १२ फागुन । आईतबार बिहान साढे एक बजे निधन भएका बरिष्ठ भाषाशास्त्री  तथा साहित्यकार  बालकृष्ण पोखरेलको अन्तिम संस्कार गरिएको छ । पोखरेलको राष्ट्रिय सम्मानका साथ झण्डा ओढाएर अन्त्येष्टि गरिएको हो । पोखरेलको पार्थिब शरिरमा प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले राष्ट्रीय झण्डा ओढाएका थिए । गत माघदेखि मस्तिष्काघातबाट पीडित बनेका पोखरेलको   बिहान साढे एक बजे  नोबेल मेडिकल कलेज लैजाने क्रममा निधन भएको थियो । १३ बर्षको उमेर देखि साहित्य लेखन सुरु गरेका पोखरेलले विभिन्न सोधमुलक पुस्तक पनि प्रकाशित गरेका छन् । कथा, कविता, उपन्यास, निबन्ध, समालोचना, अनुसन्धान, शब्दकोश काब्य गरी एकसय बढी कृति प्रकाशित गरेका पोखरेल पछिल्लो समय महाकाब्य प्रकाशनको तयारीमा थिए । पोखरेलको कृति ‘नेपाली भाषा र साहित्य’ ले वि. स. २०२१ सालमा मदन पुरस्कार पाएको थियो ।

प्रकाशित मिति : १२ फाल्गुन २०७५, आईतवार १६:४१

हाम्रो बारेमा

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल
फोन नम्बर ०२१४६२८४३
ईमेल-  [email protected]

Archives

Facebook

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

Official Address

Birat Sandesh Digital Online

Biratnagar-5, Chadani Chowk

Morang, Nepal

Phone 021-462843

Email: [email protected]