Breaking News

Radio Star

मिस नेपाल २०१९ को लागि आवेदन खुला

प्रकाशित मिति : १३ फाल्गुन २०७५, सोमबार ०८:४८

आगामी बर्षका लागि मिस नेपालको खोजी सुरु भएको छ । आयोजक ‘द हिडन ट्रेजर’ले पत्रकार सम्मेलन गर्दै मिस नेपाल–२०१९ को लागि आवेदन खुला भएको जानकारी दिएको हो । इच्छुक नेपाली युवतीले आवेदन दिन सक्ने उसले बताएको छ । यद्यपि तोकिएको मापदण्ड पुरा गर्नुपर्नेछ । आवेदक अविवाहित हुनुका साथै उमेर २० देखि २५ बर्ष र उचाई ५ फिट ४ इन्च अग्ला हुनुपर्नेछ ।  ‘द हिडन ट्रेजर’का अनुसार काठमाडौंसहित आठ शहरमा अडिसन हुनेछ । यस अन्र्तगत धनगढी, नेपालगञ्ज, बुटवल र पोखरामा मार्च १३–१५ मा अडिसन लिइनेछ । यसैगरी चितवन, वीरगञ्ज, धरान र विर्तामोडमा मार्च १७–१९ मा अडिसन लिइनेछ । फाइनल अडिसन भने मार्च २४ मा काठमाडौंमा हुनेछ ।मिस नेपालका लागि अन्य २० देखि २५ जना सहभागी अन्तिम राउन्डको लागि छनौट गरिनेछ । उनीहरुलाई मिस हङकङ, मिस ओशियाना, मिस पोखरा, मिस पूर्वाञ्चल र मिस पश्चिमाञ्चल लगायतका सौन्दर्य प्रतियोगिताबाट विजेता भएर आएका प्रतियोगीसँग सम्मिलित गराइने आयोजकले जनाएको छ । अडिसनबाट छनौट भएर आएका प्रतियोगीलाई ६ महिनासम्म ग्रुमिङ सेसनमा राखिनेछ । प्रतियोगिताको ग्रान्ड फिनाले भने सन् २०१९ मे ९ मा हुनेछ । ग्रान्ड फिनालेको भेन्यु भने अहिलेसम्म तय भइसकेको छैन ।

प्रकाशित मिति : १३ फाल्गुन २०७५, सोमबार ०८:४८

हाम्रो बारेमा

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल
फोन नम्बर ०२१४६२८४३
ईमेल-  [email protected]

Archives

Facebook

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

Official Address

Birat Sandesh Digital Online

Biratnagar-5, Chadani Chowk

Morang, Nepal

Phone 021-462843

Email: [email protected]