Breaking News

Radio Star


विराटनगर, १८ फागुन ।  प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशका १०० सामुदायिक विद्यालयलयमा आगामी शैक्षिकसत्रदेखि विज्ञान र प्रविधि विषयको अध्यापन गराइने बताएका छन् । राष्ट्रिय युवा परिषदद्वारा शुक्रवार आयोजित दुईदिने प्रदेशस्तरीय विज्ञान तथा प्रविधि युवा सम्मेलन–२०१९को दोस्रो दिन उनले युरोप र अमेरिकामा अध्यापन गराइने पाठ्यक्रमलाई आधार बनाई मुलुकको समृद्धिमा सहयोग पुग्नेगरी काम गरिने धारणा व्यक्त गरे ।मुख्यमन्त्री राईले प्रविधिबाटै मुलुकको आर्थिक विकास र जनताको समृद्धि हासिल हुने भएकाले प्राविधिक विश्वविद्यालय स्थापनाका लागि प्रदेशसभामा विधेयक पेश भइसकेको जानकारी दिए ।दक्ष युवा वैदेशिक रोजगारीेमा जाने परिपाटी अन्त्य गर्न सरकारले वातावरण तयार गरिरहेको बताउँदै उनले मुलुकको विकासमा आफ्नो क्षमता, सिप र प्रविधि प्रयोग गर्ने जनशक्तिको उच्च मूल्याङ्कन गरिने विश्वास दिलाए । प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेलले वातावरणप्रति सचेत भई विज्ञान र प्रविधिको प्रयोगबाट समृद्ध प्रदेश निर्माण गरिने बताए । आयोजक संस्थाका उपाध्यक्ष माधव ढुङ्गेलले विश्वविद्यालयमा ४० वर्ष अगाडिको प्रयोगशालालाई परिवर्तन गरी समयानुसार अब्बल बनाउनु पर्नेमा जोड दिँदै सम्मेलनको निष्कर्षलाई प्रदेशको नीति तथा योजना र कार्यक्रममा समावेश गरेमा मुलुकको समृद्धि हुने बताए । सोही संस्थाका उपसचिव देवीप्रसाद अधिकारीले विज्ञान र प्रविधिलाई प्रवद्र्धन गरी युवालाई नीति निर्माण तहमा सहभागी सुनिश्चित गराउनु कार्यक्रमको उद्देश्य रहेको बताए ।

प्रकाशित मिति : १८ फाल्गुन २०७५, शनिबार १५:०४

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook