Breaking News

Radio Star

विराटनगर, २१ फागुन । विराटनगरमा एक अर्ब रुपैयाँ लगानीमा निर्माण भएको सेन्ट्रल मल सोमबारदेखि औपचारिक रुपमा शुभारम्भ भएको छ । शिवरात्रिको अवसर पारेर प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले एक समारोहबीच मलको उद्घाटन गरेका छन् ।  राईले औद्योगिक नगरीमा मल तथा व्यापारिक सपिङ कम्प्लेक्सको निर्माणले व्यापारमा प्रतिस्पर्धा बढाउने बताउँदै भने, ‘‘हाम्रो प्रदेश औद्योगिक विकास र व्यापारमा पनि उत्तिकै सबल छ ।’’ सरकारको लक्ष्य समृद्ध प्रदेश भएको उनले बताए । मलमा चर्चित व्यावसायिक घराना विशाल ग्रुप, देवेनरा गु्रप र हाइलाइफ गु्रपको संयुक्त लगानी छ । मलमा अत्याधुनिक दुई मल्टिप्लेक्स सिनेमा हलसमेत छन् । हल भने यसअघि नै संचालनमा आइसकेका छन् । सिनेमा हलको लागानी मात्र ११ करोड रुपैयाँ छ । हलको दर्शक क्षमता अढाई सय जना हो । अहिले ती हलमा दर्शको घुइँचो लाग्न सुरु भएको छ । विराटनगरको मेनरोडमा अवस्थित मलमा सबै किसिमको किनमेल एकै ठाउँमा गर्न मिल्ने गरी व्यवस्थापन गरिएको निर्माण पक्षको भनाइ छ । सञ्चालक प्रकाश मुन्दडाले भने, ‘‘प्रदेश १ का प्रमुख सहरी क्षेत्र इटहरी, धरान, दमक, इनरुवासहित भारतका ग्राहकलाई समेत लक्षित गरी मल निर्माण गरेका हौं ।’’ अन्तर्राष्ट्रिय मापदण्डको मल निर्माण भएसँगै विराटनगरमा किनमेलको वातावरण परिवर्तन हुने नगरवासीको अपेक्षा छ । ओमेगा हाउजिङ, सेन्ट्रल बजार र सेन्ट्रल मल्टिप्लेक्सको एकीकृत रूप नै मल भएको मुन्दडाले सुनाए ।  भारतका आर्किटेक्ट इन्जिनियर केटन विमानीले १५ कठ्ठा क्षेत्रफलमा फैलिएको जग्गामा मलको अत्याधुनिक भवनको डिजाइन गरेका हुन् । यसभित्र एक सयवटा पसल रहेका छन् । विराटनगरमा केही समयअघिबाट भाटभटेनी सुपर मार्केट संचालनमा आएको थियो । नेपाल बजारको भवन र उद्योगी मोती दुगडको सेञ्चुरियन मल पनि निर्माणाधीन छ । यसको लागत पनि १ अर्ब रुपैयाँ हो ।  विराटनगरमा खरिद प्रति बढ्दो उपभोक्ताको रुचिलाई ध्यानमा राखेर औद्योगिक घरानासमेत यसप्रति आकर्षित बनेका छन् । नेपालबाट भारतको जोगबनीतर्फ गई किनमेल गर्ने संस्कार नै रहेकोमा सुविधासहितका सुपरमार्केट र मल संचालनमा आउन थालेपछि उपभोक्ताको बानीमा समेत परिवर्तन आउन थालेको छ । धेरैले विराटनगरमै किनमेल गर्न थालेका छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलवार ०९:३०

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook