Breaking News

Radio Star

विराटनगर, २५ फागुन । एलपी ग्याँस विक्रेता संघ मोरङको १२ औं अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ ।
अधिवेशनले सरलराज पोखरेलको अध्यक्षता २१ नयाँ कार्यसमिति चयन गरेकोछ । शनिबार विराटनगरमा भएको अधिवेशनले वरिष्ठ उपाध्यक्षमा सुनील बोहरा, उपाध्यक्ष कल्पना गौतम, सचिव सूर्यमान वज्राचार्य र कोषाध्यक्षमा गणेश साहलाई छनौट गरेको छ । नयाँ कार्यसमितिको पदावधि २ वर्षको रहनेछ ।
अधिवेशनमा ग्याँस विक्रेता महासंघका अध्यक्ष महेश्वर श्रेष्ठले ग्याँस व्यवसायीहरूका मागलाई सरकारले बेवास्ता गरेको गुनासो गरे । कमिसन वृद्धिको काम गर्दै उनले आन्दोलन गर्दा पनि सरकारले ग्याँस विक्रेता व्यवसायीको माग नसुनेको आरोप लगाए । उनले भरेको ग्याँसमा गरिएको लगानीको कम्तीमा ५ प्रतिशत कमिसन दिनुपर्नेमा जोड दिए । हाल १३ सय ४८ रुपैयाँ किनेर १३ सय ८० रुपैयाँ बेच्दा प्रतिसिलिन्डर ३२ रुपैयाँ मात्रै कमिसन पाउने गरेको उनले बताए । “यो कमिसनले सटर भाडा र स्टाफलाई तलब दिन पनि पुग्दैन,” उनले भने, “यस्तै हो भने सबै ग्याँस व्यवसायी पलायन हुने अवस्था आउँछ ।”
अध्यक्ष श्रेष्ठले माग सम्बोधन नभए बिक्री ठप्प पारेर आन्दोलनमा उत्रिने चेतावनी दिए । १ नम्बर प्रदेशका सांसद जयराम यादवले प्रदेशसभा बैठकमा ग्याँस व्यवसायीहरूका समस्या राख्ने प्रतिबद्धता जनाए । यस्तै कार्यक्रममा ग्याँस उद्योगी नविन रिजाल सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २५ फाल्गुन २०७५, शनिबार १९:२८

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook