Breaking News

Radio Star

भारतमा सत्रौं लोकसभाको निर्वाचन घोषणा भएको छ। प्रमुख निर्वाचन आयुक्त सुनील अरोडाले आइतवार साँझ यसको घोषणा गरेका छन्।लोकसभाको चुनाव ७  चरणमा सम्पन्न गराइनेछ। पहिलो चरणको चुनाव ११ अप्रिल, दोस्रो चरणको १८ अप्रिल, तेस्रो चरणको २३ अप्रिल, चौथो चरणको २९ अप्रिल, पाँचौ चरणको ६ मे, छैटौं चरणको चनाव १२ मे र सातौं चरणको चुनाव १९ मेमा हुनेछ। २३ मेदेखि मतगणना शुरु हुने आयुक्तले बताएका छन्। उम्मेदवारको पहिलो पहिलो चरणको नामांकन १८ मार्चमा हुनेछ भने अन्तिम नामांकन २५ मार्चमा हुनेछ। उनले निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई कडा कारबाही गरिने स्पष्ट पारेका छन्। आयोगले ९९.३६ प्रतिशत मतदातासँग फोटोसहितको मतदाता परिचयपत्र रहेको जनाएको छ। वर्तमान लोकसभाको कार्यकाल ३  जूनमा समाप्त हुँदै छ। लोकसभाका ५४३ सिटमा चुनाव हुनेछ। निर्वाचन आयोगले राति १० बजेदेखि बिहान ६ बजेसम्म लाउडस्पिकर प्रयोग गर्न नपाइने जनाएको छ।  पहिलो चरणमा २० राज्यका ९१ सिटमा, दोस्रो चरणमा १३ राज्यका ९७ सिटमा, तेस्रो चरणमा १४ राज्यका ११५ सिटमा, चौथो चरणमा ९ राज्यका ७१ सिटमा, पाँचौं चरणमा ७ राज्यका ५१ सिटमा, छैटौं चरणमा ७ राज्यका ५९ सिटमा र सातौं चरणमा ८ राज्यका ५९ सिटमा चुनाव हुनेछ।

प्रकाशित मिति : २६ फाल्गुन २०७५, आईतवार १८:५६

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook