Breaking News

Radio Star

संखुवासभा २६ फागुन । नेपालकै ठूलो जलविद्युत परियोजना (केवी एनआर इसवा पावर कम्पनी) ले संखुवासभा जिल्लाको मकालु गाउँपालिकामा निर्माण गरेको बेलि बिज्र औपचारिक रूपमा संचालनमा ल्याइएको छ । यस पूलको निर्माण पछि गाउँपालिकाको वडा न १ जमिगाउँ र ५ आमाराङका हजारौ स्थानीयहरू लाभान्वित बनेका छन ।
पूलको अभावमा स्थानीयलाई आवात जावत निक्कै कठिनाई र सास्ती भैरहेको बेला निजी खर्चमा बेलिब्रिज निर्माण गरिएको हो । ठूलो बजेट खर्च गरेर स्थानीयलाई सहज हुने गरि पुल निर्माण गरिएको छ “केवी एनआर इसवा पावर कम्पनीका अध्यक्ष कविन्द्र न्यौपाने बताए ।” इसवा पावर कम्पनीले इसवा खोलाको पानीबाट ९७.२ मेद्यावाटको जलविद्युत परियोजना निर्माण गर्ने भएपछि आफ्नै लगानीमा अरूण नदीमा बेली बिज्र निर्माण गरिदिएको हो ।
यातायातको साद्यन चल्न सक्ने गरि बेली ब्रिज निर्माण गरिएपछि यस क्षेत्रका बिकासको ढोका खुल्ने र स्थानीयको आर्थिक स्थितिमा सुधार आउने अध्यक्ष न्यौपानेले बताए । ५४ मिटर लम्बाई ४.२५ मिटर चौडाई रहेको यो पुलको लागत १५ करोड रूपैयाको छ । पुलको उदघाटन प्रदेश न १ का प्रदेश प्रमुख प्रा.डा गोबिन्दबहादुर तुम्वाहाङले गरे । प्रदेश प्रमुखले भने ,“ विकासमा यसरी नीजि क्षेत्र अघि बढनु सुखद कुरा हो ।” आयोजनालाई तोकिएको समयमा पावर हाउस निर्माण गर्न कम्पनीलाई सुझाव दिदै आ— आफ्नो क्षेत्रबाट सवैलाई सहयोग पुर्याउन आग्रह गरे ।
संखुवासभाका प्रदेश सांसद पूर्णप्रसाद राईले आयोजनालाई संखुवासभाले स्वागत गरेको र जिल्लाको गहना भएको बताए । मकालु गाउँपालिकाका अध्यक्ष चमेली राईले गाउँपालिकाले निर्माण गर्नुपर्ने पुल नीजि क्षेत्रले गरेकोमा धन्यावाद दिईन । कार्यक्रममा नेपाली कांग्रेस संखुवासभाका सभापति दिपनकुमार श्रेष्ठ ,आयोजनाका प्रमुख डिजाइनर अर्जुनबाबु ढकालले निजि क्षेत्रबाट पुलको निर्माण भएपनि पुल सवैको साझा भएकोले यसको संरक्षण गर्नुपर्ने बताए ।

९७.२ मेद्यावाटको जलविद्युत उत्पादन गरिने
इसवा पावर कम्पनीले संखुवासभाको इसवा खोलाको पानीबाट ९७.२ मेद्यावाटको जलविद्युत उत्पादनको लागी निर्माण प्रक्रिया सुरू गरिसकेको छ । आगामी ३ बर्ष भित्रमा निर्माण समपन्न गर्ने लक्ष्यका साथ पावर हाउसको निर्माण कार्य प्रारम्भ भैसकेको हो । कम्पनीका पब्लिक रिलेसन अफिसर मद्युसुदन मान्नधरले दैनिक ६ घन्टाको पिक ईनर्जी दिने गरि विद्युत उत्पादन गर्ने लक्ष्य रहेको बताए । कुलेखानी आयोजना पछि पिक इनर्जी दिने सम्भवतः यो दोस्रो हुने आयोजना हुने मान्नधरको भनाई छ । इसवा खोलाको सतहबाट २५ मिटर अग्लो बाँघ बनाई पानी जम्मा गर्ने र सो पानीबाट नै पिक समयमा जलविद्युत उत्पादन गर्ने मान्नधरको कथन थियो ।
आयोजनाका प्रमुख डिजाइनर इन्जिनियर अर्जुनबाबु ढकालले १२ सय करोडको लगानीमा निर्माण हुन लागेको यो जलविद्युत आयोजनाले नेपाल सरकारलाई उर्जाको क्षेत्रमा ठूलो टेवा पुर्याउने धारणा राखे । आयोजनाको पिपिए समपन्न भैसकेको छ ढकालले भने ,“ दैनिक पिक समयमा ६ घन्टा विद्युत आपूर्ती गर्ने हुँदा अन्य आयोजनाको तुलनामा यो आयोजनाको आफ्नै महत्व हुनेछ ।”
जलविद्युत निर्माणको क्रममा इन्टेकबाट आएको पानीलाई २.१५ मिटर व्यास र ६ हजार ९सय ११ मिटर लम्बाईको फलामको पाइपबाट पानी ल्याई फर्बेमा राखी सकेपछि करिव २५ सय मिटर लम्बाईको १.८ मिटर ब्वयासको पेनटक पाइप मार्फत पावर हाउस सम्म पानी लगिने गरि निर्माण प्रक्रृया सरू भैसकेको छ । आयोजनाले बेलिब्रिज निर्माण गरेको स्थानबाट इसवा खोला सम्म जाने २६ किलो मिटर सडकको ट्रयाक खोल्ने काम पनि सुरू गरिसेकेको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७५, आईतवार १९:३३

हाम्रो बारेमा

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल
फोन नम्बर ०२१४६२८४३
ईमेल-  [email protected]

Archives

Facebook

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

Official Address

Birat Sandesh Digital Online

Biratnagar-5, Chadani Chowk

Morang, Nepal

Phone 021-462843

Email: [email protected]