Breaking News

Radio Star

विराटनगर २७ फागुन:  विराटनगरका मेयर भीम पराजुलीले १० अर्व रूपैया भन्दा बढीको बैदेशिक सहयोग भित्राउने तयारीका साथ गृह कार्य सुरू गरेका छन ।
जनप्रतिनिधिमा निर्वाचित भएपछि बैदेशिक लगानी भित्राउन नसकेको आरोप खेपिरहेको बेला उनले फोहर मैला व्यवस्थापनको लागी यति ठूलो बैदेशिक रकम भित्राउन तयारी गरेका हुन । आफ्नो कार्यकालमा ठूलो परियोजना भित्राएर जनताको मनमा बस्ने उनको इच्छा छ ।
फोहर मैलाको परियोजना जसरी भएपनि भित्राउने लक्ष्य लिएको छु मेयर पराजुलीले भने ,“ यसमा छिमेकी नगरपालिकाहरूको सहयोग मलाई चाहिन्छ ।” सडक निर्माण देखी ठूला योजना नगर क्षेत्रमा संचालन भैरहेपनि मेयर पराजुलीको काम नदेखेर आलोचना गर्नेहरूलाई यसले ठूलो चुनौती दिने बिशलेषण गरिएको छ ।
बैदेशिक लगानी भित्राउने समबन्धमा स्थानीय तहका जन प्रतिनिधिहरु सँगको छलफललाई तिव्रता दिएको छ । चिनको कोच भेन्चर होल्डिङ् प्रा.लिले विराटनगर सहित आसपासका क्षेत्रमा फोहर व्यवस्थापनका लागि आधुनिक मेसिन , उपकरण र सहित सम्पूर्ण खर्च जुटाएर आयोजना संचालन गर्ने आश्वासन दिएपछि उनले कम्मर कसेर पहलकदमी थालेका हुन । चीनको यस कम्पनीले आयोजनालाई पूर्णत दिन १० अर्व रूपैया भन्दा बढी खर्च हुने बताएको थियो ।
केही समय अघि पराजुली सहितको टोलीले चिनको आनहुइ प्रदेशमा फोहरव्यवस्थापनको विषयमा अध्ययन भ्रमण गरेको थियो । भ्रमणमा चिनको कोच भेन्चर होल्डिङ् प्रा.लिले विराटनगर सहित आसपासका क्षेत्रलाई फोहर व्यवस्थापनका लागि आधुनिक मेसिन सहित आबश्यक उपकरण र सहयोग प्रदान गर्ने प्रतिवद्धता जनाएको थियो । यो परियोजनालाई भित्राउने तयारीका साथ महानगरले साझेदार नगरपालिकाहरूसँग आईतवारदेखी अन्तरक्रिया सुरू गरेको छ । मेयर पराजुलीले सम्भव भएसम्मका स्थानीयतहहरुको समन्वयमा फोहरमैला व्यवस्थापन गरौ भन्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको बताए । उनले फोहरलाई ,मोहरमा परिणत गर्ने कुरामा सवै स्थानियतहको समन्वय आबश्यक भएको बताए । कुनै पायक स्थान छनौट गरी फोहर व्यवस्थापन केन्द्र बनाउने अभियानमा जुट्न समेत आग्रह गरे ।

कार्यक्रममा दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले फोहरको समस्या सवै ठाउँका शहरहरुको टाउको दुखाइको विषय भएकाले यसको व्यवस्थापन आबश्यक भएको बताइन । उनले महानगरले थालेको पहलमा आफुहरुको सहयोग रहने बताइन । यस्तै पथरी ,शनिश्चरे नगरपालिकाका प्रमुख दिलिप राइले फोहर व्यवस्थापन संगै जनताले पाउने लाभ बढी भएकाले यसखाले आयोजना सफल बनाउन आबश्यक रहेको उल्लेख गरे । छलफलमा लेटाङ नगरपालिका उपप्रमुख कृष्णकुमारी निरौला,रामधुनी नगरपालिका प्रमुख जयप्रकाश चौधरी, इटहरी उप–महानगरपालिका प्रमुख द्धारिकलाल चौधरी ,बुढीगंगा गाँउपालिका प्रमुख बालचन्द्र माझी ,जहदा गाउपालिका अध्यक्ष कैलाशप्रसाद मण्डल,कटहरी गाउपालिका रामकुमार कामत लगायतका विभिन्न स्थानिय तहका प्रमुख र उपप्रमुखहरुले यसखाले आयोजना फलल पार्न आबश्यक भएको बताए । कार्यक्रममा इन्जिनियर घनेश्याम काफ्लेले चीनले गरेको फोहर व्यवस्थापन केन्द्र र नेपाल बनाइने डिजानइनका विषयमा जानकारी गराएका थिए । आधुनिक फोहरव्यवस्थापन केन्द्रवाट फोहर नगनाउने र स्थानीय बासिन्दा र क्षेत्रमा कुनै असर नपर्ने जानकारी गराएका थिए ।

प्रकाशित मिति : २७ फाल्गुन २०७५, सोमबार ०९:३१

हाम्रो बारेमा

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल
फोन नम्बर ०२१४६२८४३
ईमेल-  [email protected]

Archives

Facebook

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

Official Address

Birat Sandesh Digital Online

Biratnagar-5, Chadani Chowk

Morang, Nepal

Phone 021-462843

Email: [email protected]