Breaking News

Radio Star

टिकाराम पुरी पक्षद्वारा प्याब्सन महाधिवेशनमा उम्मेदवारीको घोषणा

प्रकाशित मिति : २७ फाल्गुन २०७५, सोमबार १७:०३

काठमाडौं , २७ फागुन । नीजि तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सन केन्द्रीय कार्यसमितिको महाधिवेशनमा टिकाराम पुरी पक्षले आफ्नो उम्मेदवारी घोषणा गरेको छ । हार्दिक होटलमा आज आयोजित पत्रकार सम्मेलनमा उक्त घोषणा गरिएको हो ।  जसमा अध्यक्षमा टिकाराम पुरी वरिष्ठ उपाध्यक्षमा राजेन्द्र बानियाँ उपाध्यक्षहरु खुलातर्फ गोपाल आचार्य काठमाडौं, कृष्ण खनाल रुपन्देही,  अनिल झा सप्तरी, दीपिका थापा भक्तपुर, प्रदेश उपाध्यक्षहरुमा प्रदेश नं. १ नारायण घिमिरे प्रदेश नं. २ गोपाल कार्की सर्लाही, प्रदेश न ३ मा शान्त कुमार बानियाँ ललितपुर, गण्डकी प्रदेश माधव शरण उपाध्याय कास्की, बिष्णु पन्थी रुपन्देही, महासचिवमा ईश्वर बहादुर गुरुङ, उपमहासचिवमा कुमार घिमिरे काठमाडौं, कोषाध्यक्ष मधु लोहनी ललितपुर, सचिवहरुमा राजेश कुमार दास मोरङ, रत्न महर्जन ललितपुर, राजकुमार महर्जन भक्तपुर, संगिता सिलवाल काठमाडौं, सह कोषाध्यक्षहरुमा जीवन आचार्य दाङ, र मीन प्रसाद बन्जाडे पाल्पा रहेका छन् । घोषणा पत्र जारी गर्दै कम्पनीमा संचालित बिद्यालय कम्पनी अन्तर्गत नै गर्न र नेपाल सरकारले उपलब्ध गराउने ४५५ आरक्षण छात्रवृत्तिमा नीजि बिद्यालयलाई गरिएको बिभेदको अन्त्य गर्ने, निःशुल्क तथा अनिवार्य शिक्षा ऐन अन्र्तगत ५००, ८००, र त्यो भन्दा बढी बिद्यार्थी भएका बिद्यालयले क्रमशः १०५,१२५,१५५ निःशुल्क शिक्षा दिनुपर्ने प्रावधानलाई  छात्रवृत्ति अथवा अनुकुल व्यवस्थामा रुपान्तरण गराउने, सरकारद्वारा ल्याईएको बिद्यालय स्तरीय प्राबिधिक शिक्षा कार्यक्रमलाई संस्थागत बिद्यालयहरुमा पनि समान ढंगले लागू गराउन नेपालको संघीय शिक्षा मन्त्रालयसँग दृढतापूर्वक पहल गर्ने, योगदानमा आधारित सामाजिक सुरक्षा कोषको सन्दर्भमा न्यून र मध्यम बर्गका बिद्यालयहरु अहिलेकै अवस्थामा व्यवस्थापन गर्न नसक्ने भएको हुँदा  नेपाल सरकारसँग समन्वय गरि बैकल्पिक व्यवस्था गराउने, सामुदायिक विद्यालयका शिक्षक कर्मचारी, नेपाल सरकारको कोषबाट कर्मचारी र जनप्रतिनिधिहरुका छोराछोरी अनिवार्य रुपमा सामुदायिक विद्यालयहरुमा पठनपाठन गराउनु पर्ने भन्ने मान्यता अन्त्य गराउने लगायतका  १४ बुँदे घोषणा पत्र जारी गरेको छ । कार्यक्रममा बोल्दै अध्यक्षका प्रत्यासी टिकाराम पुरीले नीजि विद्यालय आफुलाई बिजय गराउन सबैलाई आग्रह गरे ।

 

प्रकाशित मिति : २७ फाल्गुन २०७५, सोमबार १७:०३

हाम्रो बारेमा

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल
फोन नम्बर ०२१४६२८४३
ईमेल-  [email protected]

Archives

Facebook

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

Official Address

Birat Sandesh Digital Online

Biratnagar-5, Chadani Chowk

Morang, Nepal

Phone 021-462843

Email: [email protected]