Breaking News

Radio Star

साफ महिला च्याम्पियनसिप : आज माल्दिभ्स र भारत भिड्दै

प्रकाशित मिति : २९ फाल्गुन २०७५, बुधबार ०९:३९

विराटनगर, २९ फागुन । विराटनगरमा मंगलबारदेखि सुरु भएको पाँचौं साफ महिला च्याम्पियनसिप फुटबलमा बुधबार भारत र माल्दिभ्स भिड्दैछन्। खेल शहीद रंगशालामा दिउँसो ३ बजे सुरु हुने आायोजकले जनाएको छ। साफको यसअघि सम्पन्न चारै प्रतियोगिताको उपाधि भारतले उचालिसकेको छ। सन् २०१६ को एसियन गेम्समा भारतले माल्दिभ्ससँग खेलेको थियो। सो खेल गोलरहित बराबरीमा सकिएको थियो। प्रतियोगिताको बलियो टोली भारतको प्रदर्शनलाई नेपाल र बंगलादेशले पनि महत्त्वका साथ हेर्नेछन्। यस पटकको प्रतियोगितामा नेपाल र बंगलादेशले भारतको दबदबालाई तोड्ने जनाएका छन्। मंगलबार सम्पन्न उद्घाटन खेलमा भने नेपालले भुटानलाई ३–० ले हराउँदै समूह चरणमा ३ अंक जोड्न सफल भएको छ।

प्रकाशित मिति : २९ फाल्गुन २०७५, बुधबार ०९:३९

हाम्रो बारेमा

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल
फोन नम्बर ०२१४६२८४३
ईमेल-  [email protected]

Archives

Facebook

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

Official Address

Birat Sandesh Digital Online

Biratnagar-5, Chadani Chowk

Morang, Nepal

Phone 021-462843

Email: [email protected]