Breaking News

Radio Star

देउवा भन्छन्– विप्लव समूहमाथि प्रतिबन्ध उचित

प्रकाशित मिति : २९ फाल्गुन २०७५, बुधबार १७:२९

विराटनगर, २९ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा विप्लव समूहलाई प्रतिबन्ध लगाउने सरकारको निर्णय उचित भएको बताएका छन् ।
विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले सार्वजनिक र निजी सम्पत्ति तोडफोड गरेर जनतामा त्रास सिर्जना गर्ने विप्लव समूहलाई प्रतिबन्ध लगाउनु उचित भएको प्रस्ट पारे । “जनतालाई आतंकित बनाउने जुनसुकै समूह होस् उसमाथि कानुनअनुसार कडा कारबाही हुनुपर्छ,” देउवाले भने, “विप्लव समूहमाथिको प्रतिबन्धको निर्णय सही छ ।”
उनले बम विस्फोट गराएर आतंक मच्चाउनेमाथि कडा कारबाही गर्नुपर्नेमा समेत जोड दिए । मुलुकमा आतंक मच्चाएर कोही पनि सफल नहुने भन्दै समस्याको समाधान शान्तिपूर्ण रुपबाट खोजिनुपर्ने देउवाले जोड दिए । हिंसात्मक आन्दोलनबाट कहीं पनि नपुगेको बताउँदै देउवाले भने, “आखिर १० वर्ष हतियारको राजनीति गरेको माओवादी केही नलागेपछि बुलेटको राजनीतिमा आउनुप¥यो । नेपाली जनताले हिंसालाई स्वीकार्दैनन् ।”
उनले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउने विषयमा सरकारले कांग्रेससँग छलफल भने नगरेको दाबी गरे । देउवाले सिके राउतलाई राष्ट्रिय राजनीतिमा ल्याउन गरेको सहमति सकारात्मक भए पनि बाहिर आएजस्तै मधेसको विषयमा जनमतसंग्रह भने कांग्रेसलाई स्वीकार्य नहुने उल्लेख गरे । उनले मुलुकको राष्ट्रिय अखण्डता र लोकतन्त्रको मूल्य मान्यताविपरीत गरिने सहमति कांग्रेसलाई मान्य नहुने प्रस्ट्याए । “राष्ट्रिय अखण्डता र लोकतन्त्रविरुद्ध गरिने सहमति कांग्रेसले मान्दैन,” देउवाले भने ।

प्रकाशित मिति : २९ फाल्गुन २०७५, बुधबार १७:२९

हाम्रो बारेमा

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल
फोन नम्बर ०२१४६२८४३
ईमेल-  [email protected]

Archives

Facebook

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

Official Address

Birat Sandesh Digital Online

Biratnagar-5, Chadani Chowk

Morang, Nepal

Phone 021-462843

Email: [email protected]