Breaking News

Radio Star

माल्दिभ्सविरुद्ध भारतको सहज जित

प्रकाशित मिति : २९ फाल्गुन २०७५, बुधबार १९:२१

विराटनगर, २९ फागुन । विराटनगर जारी पाँचौं साफ महिला च्याम्पियनसिपमा साविक विजेता भारतले माल्दिभ्सविरुद्ध सहज जित निकालेको छ ।
विराटनगरस्थित सहिद रंगशालामा बुधबार भएको खेलमा भारतले माल्दिभ्सलाई ६–० को पराकिलो गोलले पराजित गरेको हो । भारतको जितमा सञ्जुले २ गोल गरिन् । ग्रेस डाङमी, सन्धिया रङ्गनाथन, इन्द्रमती काथिरसेन र रतनबाला देवी नोङमाइथेमले गोल गरे ।
भारतको महिला साफमा अहिलेसम्म पराजितको मुख हेर्नु परेको छैन । भारतले यसअघि महिला साफमा १९ खेलको अपराजित यात्रा गरेको छ । भारतले खेलको आठौं मिनेटमा नै अग्रता लिएको थियो । भारतले खेलको आठौं मिनेटमा अग्रता लिएको थियो । भारतका लागि ग्रेस डाङमीले गोल गर्दै भारतलाई सुरुवाती अग्रता दिलाएकी थिइन् । पहिलो गोल गरेको ५ औं मिनेटमा सन्धिया रङ्गनाथले गोल गर्दै भारतको अग्रतालाई दोब्बर पारिन् ।
खेलको २२ औ मिनेटमा भारतकी इन्दुमती काथिरसेनले गोल गर्दै भारको अग्रता ३–० बनाइन् । २७ औ मिनेटमा सञ्जुले गोल गर्दै भारलाई ४–० को अग्रता दिलाइन् । निकै नै आक्रामक देखिएको खेलको पहिलो हाफको इञ्जुरी समयमा रतनबालादेवी नोन्गामाइथिमले गोल गर्दै भारतलाई पहिलो हाफमा ५–० गोलको अग्रता दिलाइन् । रतनबालादेवीले डिबक्स नजिकबाट गरेको प्रहारलाई माल्दिभ्सकी गोलकिपर अमिनाथ लिजाले जर्ज गर्न नसक्दा बलले जाली चुमेको थियो ।
पहिलो हाफमा ५–० को फराकिलो गोलअन्तरको अग्रता बनाएको भारतले दोस्रो हाफमा आक्रमक खेल खेलेको थियो । तर, माल्दिभ्सले भने रक्षात्मक खेल खेल्यो । खेलको ९० औं मिनेटमा भारतका लागि सञ्जुले थप गोल गर्दै भारतलाई ६–० को फराकिलो गोलको जित दिलाएकी हुन् । सञ्जुले व्यक्तिगत २ गोल गरिन् । सुरुदेखि नै आक्रमण खेल खेलेको भारतले गोल गर्ने राम्रो मौका गुमाएपछि थप गोल गर्न चुकेको थियो । खेल अवधिभर भारतले माल्दिभ्सलाई दबाबमा राखेको थियो ।
प्रतियोगिताअन्तर्गत बिहीबार बंगलादेशले भुटानसँग प्रतिस्पर्धा गर्दैछ । साफको यसअघि सम्पन्न चारै प्रतियोगिताको उपाधि भारतले उचालेको थियो । भारतले अहिलेसम्म १९ वटा साफ प्रतियोगितामा पराजय व्यहोरेको छैन । सन् २०१६ को एसियन गेम्समा भारतले माल्दिभ्ससँग खेलेको थियो । सो खेल गोलरहित बराबरीमा सकिएको थियो । प्रतियोगिताको बलियो टोली भारतको प्रदर्शनमाथि नेपाल र बंगलादेशले पनि महत्वका साथ हेर्नेछन् । मंगलबार सम्पन्न उद्घाटन खेलमा नेपालले भुटानलाई ३–० गोलअन्तरले हराउँदै समूह चरणमा ३ अंक जोड्न सफल भएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७५, बुधबार १९:२१

हाम्रो बारेमा

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल
फोन नम्बर ०२१४६२८४३
ईमेल-  [email protected]

Archives

Facebook

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

Official Address

Birat Sandesh Digital Online

Biratnagar-5, Chadani Chowk

Morang, Nepal

Phone 021-462843

Email: [email protected]