Breaking News

Radio Star

प्याब्सनको केन्द्रिय अध्यक्षमा टीकाराम पुरी निर्वाचित

प्रकाशित मिति : २९ फाल्गुन २०७५, बुधबार २०:१६

काठमाडौं, २९ फागुन ।  निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) को १४औँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रिय अध्यक्षमा टीकाराम पुरी सर्वसम्मत चयन भएका छन् ।
आज सम्पन्न महाधिवेशनले पुरीलाई अध्यक्षमा चयन गरेको निर्वाचन कार्यदलका सदस्य भोजबहादुर शाहले जानकारी दिए । नयाँ नेतृत्वका लागि पुरी र डिके ढुङ्गानाको समूहले मनोनयन दर्ता गरे पनि पूर्वअध्यक्षहरुको पहलमा सहमति भएको हो । बन्दसत्रमा प्याब्सनका पूर्वअध्यक्ष शाहले प्याब्सनमा सबैलाई समेट्नका लागि सहमति गरिएको बताए । विधान संशोधन गरी सहअध्यक्ष पद नयाँ सिर्जना गरी प्याब्सनमा सहमति गरिएको थियो । सहमति हुनुभन्दा अगाडि विधान संशोधन गरिएको थियो । अध्यक्षका अर्का प्रत्यासी ढुङ्गानालाई सहअध्यक्ष बनाइएको छ ।
प्याब्सनको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र बानियाँ, खुला उपाध्यक्षमा ईश्वरबहादुर गुरुङ, टिआर ढकाल, दीपिका रिमाल थापा, कृष्णप्रसाद अधिकारी, टङ्क भट्टराई, गोपालप्रसाद आचार्य र भरतबाबु कँडेल निर्वाचित भए  । यसैगरी महासचिवमा कुमार घिमिरे, उपमहासचिवमा आरबी कटुवाल र किशोर गौतम, कोषाध्यक्षमा सन्तोषमणि न्यौपाने निर्वाचित भए  ।  यस्तै सचिवमा मधु लोहनी, भीमसेन केसी, भुवनलाल श्रेष्ठ, सङ्गीता सिलवाल, मदनकुमार आचार्य, राजेशकुमार दास र शिव कार्की, सहकोषाध्यक्षमा मिनप्रसाद बञ्जाडे, ग्रेस श्रेष्ठ, आशा खड्का र गणेशबाबु पोखरेले रहेका छन ।  प्याब्सनको सल्लाहकारमा आशिष श्रेष्ठ र प्राज्ञिक सल्लाहकारमा राजकुमार महर्जन चयन भए  । यस्तै प्रदेश उपाध्यक्षमा प्रदेश नं १ मा नारायणप्रसाद घिमिरे, प्रदेश नं २ मा गोपाल कार्की, प्रदेश नं ५ मा विष्णु पन्थी, कर्णाली प्रदेशमा बलदेव कँडेल, सुदूरपश्चिम प्रदेशमा जगवीर थापा निर्वाचित भए ।  पूर्वअध्यक्ष शाहले प्रदेश नं ३ र ४ तथा केन्द्रीय सदस्यको कार्यदलबाट सर्वसम्मत गर्ने जानकारी गराए ।

प्रकाशित मिति : २९ फाल्गुन २०७५, बुधबार २०:१६

हाम्रो बारेमा

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल
फोन नम्बर ०२१४६२८४३
ईमेल-  [email protected]

Archives

Facebook

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

Official Address

Birat Sandesh Digital Online

Biratnagar-5, Chadani Chowk

Morang, Nepal

Phone 021-462843

Email: [email protected]