Breaking News

Radio Star

जनकपुर, २९ फागुन । मधेश भ्रमण आएका पूर्व राजा ज्ञानेन्द्र शाहको आगमनमा जनकपुरमा राजा आउ देश बचाउको नारा उनका समर्थकहरुले लगाएका छन् । बुधबार अबेर साँझ जनकपुर स्थित सिताशरण होटेलको मुलद्वारमा शाहका समर्थकहरुले देशमा विदेशीको हस्तक्षेप बढेको भन्दै पूर्व राजा शाह समक्ष राष्ट्रवादी नागरिक समाज जनकपुरले माग गरेका हुन् । नेपाली कांग्रेसका नेता समेत रहेका ललन चौधरीले राजसंस्था र हिन्दु धर्म सापेक्ष विना मुलुक नचल्ने देखिएकोले राजाको आवश्यक रहेको भन्दै पूर्व राजा शाहको स्वागतको लागि उनी समेत भेटघाटका लागि पुगेका थिए । त्यस्तै राजपा नेपालबाट अलग भएर राजपा लोकतान्त्रिकका संयोजक रितेश सिंहले जनकपुरमा पाहुनालाई स्वागत गर्ने हरेक नागरिकको अधिकार रहेकोले आफु स्वागत गर्न आएको उनको तर्क थियो । पूर्व राजा शाह बिहिबार विहान सर्लाही स्थित दूर्गा मन्दिरमा पूजापाठ गरि सप्तरी स्थित सखडा मन्दिर लगायतका मन्दिरमा दर्शन गर्ने कार्यक्रम छ भने पर्सि पुनः जनकपुरमा भेटघाटका कार्यक्रमहरु राखिएको राजदरवारका सचिव फणी पाठकले जानकारी दिए ।

प्रकाशित मिति : २९ फाल्गुन २०७५, बुधबार २३:०४

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook