Breaking News

Radio Star

सरकारको प्रतिबन्धको जवाफमा बिप्लवको विज्ञप्ती सार्वजनिक

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहीबार ०८:४९

काठमाडौं, ३० फागुन ।  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले सरकारले लगाएको प्रतिबन्ध नयाँ नभएको जवाफ दिएको छ । पार्टीका महासचिव चन्दले बुधवार राति एक विज्ञप्ती जारी गर्दै सरकारको प्रतिबन्धलाई केपी–बादल कम्पनीको कुकर्म भनेका छन् । उनले एमाले, कांग्रेस र भारतसँग पुष्पकमल दाहालहरुले टाउको लतारेर कम्युनिष्टप्रति गद्दारी गरेपछि उनीहरुविरुद्ध विद्रोहको झण्डा उठाउनुपरेको दाबी गरेका छन् । उनले २०७२ सालको प्रतिगामी संविधान अस्वीकार गरेदेखि नै आफ्नो पार्टीमाथि २०७२ सालदेखि नै अघोषित प्रतिबन्ध लागिसकेको उल्ललेख गरेका छन् ।उनले विज्ञप्तीमा एनसेल, अरुण ३ माथि गरेको आक्रमणलाई स्वीकार गरेका छन् । यसैबीच विप्लवसमुहले आज आह्वान गरेको बन्दका कारण आम मानिसमा त्रास देखिएको छ । जसका कारणले अधिकांश निजी विद्यालयहरुले आज विद्यार्थीहरुलाई छुट्टी दिएका छन् । राजधानीबाट बाहिर जाने बसहरुले आज विहानका लागि टिकट बिक्रि गरेका छैनन् । बन्दको पूर्वसन्ध्यामा सिंहदरबार छेऊ अनामनगरमा शंकास्पद वस्तु भेटिएको थियो ।

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहीबार ०८:४९

हाम्रो बारेमा

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल
फोन नम्बर ०२१४६२८४३
ईमेल-  [email protected]

Archives

Facebook

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

Official Address

Birat Sandesh Digital Online

Biratnagar-5, Chadani Chowk

Morang, Nepal

Phone 021-462843

Email: [email protected]