Breaking News

Radio Star

साफ महिला च्याम्पीयनसीपः आज बंगलादेश र भुटान भिड्दै

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहीबार ११:१२

विराटनगर, ३० फागुन । पाँचौं साफ च्याम्पियनसिप महिला फुटबल प्रतियोगितामा आज बंगलादेशसँग भुटानले प्रतिस्पर्धा गर्दैछ । विराटनगरको सहिद रंगशालामा हुने प्रतियोगितामा आज हार व्यहोरे भुटान घर फर्किनेछ । यसअघि नेपालसँगको खेलमा भुटान तीन शून्यले पराजित भएको थियो । भुटान महिला साफको सबै भन्दा कमजोर टिम हो । यही खेलले धेरै हदसम्म समूह ‘ए’ बाट सेमिफाईनल पुग्ने टोलीको समिकरण बताउनेछ । बंगलादेशको जितले एक खेल अगावै दुई टोलीलाई सेमिफाईनल पु¥याउने छ । भुटानको जितले तीनै टोलीको अन्तिम ४ मा पुग्ने टोलीको सम्भावना राख्नेछ । समूह ’ए’ मा नेपालको ३ अंक छ । भुटान अंकबिहीन छ । बंगलादेश पहिलो खेल खेल्दैछ । प्रतियोगिता सहिद रंगशालामा दिउँसो ३ बजे सुरु हुनेछ । समूह ‘ए’ मा रहेको नेपालले आफ्नो दोस्रो खेल शनिबार बंगलादेशसँग खेल्नेछ । समूह ‘बी’का श्रीलंका र माल्दिभ्सबीच भोलि अर्थात शुक्रबार खेल हुनेछ । समूह ‘बी’मा भारतले माल्दिभ्सलाई पराजित गर्दै ३ अंक जोडेको छ । भारतले नौ वर्ष अघिबाट सुरु भएको साफमा हालसम्म नेपालले तीनपटक उपविजेतामा चित्त बुझाएको छ । भारतले चारैपटक उपाधि हात पारेको छ । समूह ‘ए’मा नेपाल, भुटान र बंगलादेश छन् । ‘बी’मा श्रीलंका, माल्दिभ्स र भारत छन् ।

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहीबार ११:१२

हाम्रो बारेमा

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल
फोन नम्बर ०२१४६२८४३
ईमेल-  [email protected]

Archives

Facebook

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

Official Address

Birat Sandesh Digital Online

Biratnagar-5, Chadani Chowk

Morang, Nepal

Phone 021-462843

Email: [email protected]