Breaking News

Radio Star

ईलाम ३० फागुन ।  इलामको सन्दकपुर गाउँपालिका १ र ३ मा पर्ने माइपोखरी नजिकका घरमा आगलागी भएको छ।धार्मिक तथा पर्यटकीय स्थल माइपोखरी पस्ने गेट अगाडीको घरमा लागेको आगो नियन्त्रणमा आएको छैन।  १ बजेबाट सुरु भएको आगलागीबाट चक्र मुखियाको घर जलेको छ। उनका भाइ कमल मुखिया, लाक्पा सेर्पा र निम्दोर्जे शेर्पाको घरमा समेत आगलागी सुरु भएको स्थानीय युवराज पिसीले जानकारी दिए। धार्मिक तथा नजिकै रहेको वनमा समेत आगलागी सुरु भइसकेको स्थानीय दिनेश सुवेदीले बताएका छन्।  स्थानीय र शुरक्षाकर्मीले आगलागी नियन्त्रण गर्ने प्रयास गरिरहेका छन्।  यता इलाम नगरपालिकाको दमकल आगलागी भएको स्थानमा पुगेको इलाम नगरपालिकका प्रशासकीय अधिकृत रामकुमार शाहले बताए। इलाम सदरमुकामबाट दमकलसहित प्रहरी र नेपाली सेना घटनास्थलमा पुगेको छ।

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहीबार १७:०६

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook