Breaking News

Radio Star

साफ महिला च्याम्पियनसिपबाट भुटान बाहिरियो, बंगलादेश २-० ले बिजयी

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहीबार १७:३०

विराटनगर, ३० फागुन ।  भुटान पाँचौ साफ महिला च्याम्पियनसिपकको समूह चरणबाट बाहिरिने पहिलो टीम बनेको छ। विराटनगरमा भइरहेको च्याम्पियनसिप अन्तर्गत समूह ए मा बिहीबार बंगलादेशसँग २-० ले पारजित भएपछि भुटान दुई हार बेहोर्दै बाहिरिएको हो। यसअघि उद्घाटन खेलमा घरेलु टोली नेपालले भुटानलाई ३-० ले हराएको थियो। भुटान बाहिरिएपछि एक खेल खेल्नुअघि नै नेपाल र बंगलादेशले समूह ए बाट सेमिफाइनलमा स्थान बनाएका छन्। समूह ए को अन्तिम खेल शनिबार हुनेछ विराटनगरस्थित शहिद रंगशालमा भएको खेलमा भुटानले पहिलो हाफमा बंगलादेशलाई गोलरहित बराबरीमा रोकेको थियो। तर दोस्रो हाफमा भने बंगलादेशले २ गोल गर्‍यो। भुटानले पनि गोल गर्ने अवसर पाएको थियो तर सदुपयोग गर्न नसक्दा दुई खेलमा गोलविहिन हुँदै बाहिरियो। बंगलादेशका लागि मिश्रत जहान मौसमी र कप्तान सविना खातुनले एक-एक गोल गरे। च्याम्पियनसिपअन्तर्गत शुक्रबार समूह बी मा रहेका श्रीलंका र माल्दिभ्सबीच खेल हुनेछ। यस समूहमा माल्दिभ्स पहिलो खेलमा साविक विजेता भारतसँग ६-० ले पराजित भएको थियो।

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहीबार १७:३०

हाम्रो बारेमा

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल
फोन नम्बर ०२१४६२८४३
ईमेल-  [email protected]

Archives

Facebook

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

Official Address

Birat Sandesh Digital Online

Biratnagar-5, Chadani Chowk

Morang, Nepal

Phone 021-462843

Email: [email protected]