२४ जेठ २०७७, शनिबार
ताजा अपडेट Close

आशिष भट्टराई

शुक्रबार, चैत्र ०१, २०७५ मा प्रकाशित
  • आशिष भट्टराई  

विराटनगर, १ चैत्र । युवा जागरण नेपालको आयोजनामा विराटनगरमा आज युवा प्रेरणा र मनोविज्ञान शिविर (युथ मोटिभेशनल तथा साईकोलोजीकल क्यम्प) सम्पन्न भएको छ ।  हाट्खोलास्थित आरोहण गुरुकुलमा आयोजना भएको उक्त क्याम्पमा प्रमुख वक्ताको रूपमा मिस नेपाल २००२ माल्भिका सुब्बा तथा मनोबिश्लेषक बासु आचार्यले युवाहरुलाई परमर्श दिएका थिए । बिहान र दिउसो गरी दुई चरणमा कार्यक्रम आयोजना गरिएको थियो ।  बिहान  ८:३० बजे देखि  पहिलो चरण र दिउसो १ बजे देखी दोस्रो चरणमा युवाहरुले सहभागिता जनाएका थिए ।  दारी ग्याङ, सिस्टरवुड नेपाल, बुढी गंगा युथ, बिईङ नेपाली, क्रिएटिभ युथ विराटनगर लगायतका बिभिन्न सामाजिक सन्जालका समुहहरुको सहकार्यमा आयोजना भएको शिविरमा प्रवेश नि: शुल्क राखिएको थियो । शिविरमा युवाहरुको उल्लेखिय उपस्थिती रहेको थियो । उक्त शिविरमा सहभागीहर सँग प्रश्नोत्तरको कार्यक्रम समेत राखिएको थियो ।

कार्यक्रम सफल बनाई दिएकोमा आयोजक युवा जागरण नेपालका अध्यक्ष सविन घिमिरेले अतिथी तथा सहभागीहरुलाई धन्यबाद दिएका थिए । पहिलो कार्यक्रम सफल भएकाले आफुहरुलाई अरु कार्यक्रम गर्न उत्साह   र हौसला मिलेको घिमिरेले विराट सन्देशलाई बताए ।

शुक्रबार, चैत्र ०१, २०७५ मा प्रकाशित
समाचार संग मिल्दोजुल्दो
ताजा पोष्ट
लोकप्रिय पोष्ट
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]