Breaking News

Radio Star

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो नामका अघि चौकीदार थपेका छन्। सामाजिक सञ्जाल ट्वीटरमा उनले नामका अघि चौकीदार राखेका हुन्। मोदी आफूलाई देशको प्रधानमन्त्री नभई प्रधान चौकिदार भएको बताउँदै आएका छन्। प्रमुख प्रतिपक्षी कंग्रेसका अध्यक्ष राहुल गान्धीले केही साताअघि त्यसलाई लक्षित गर्दै ‘चौकीदार चोर हो’ भनेका थिए। गान्धीको त्यही भनाइको जवाफमा मोदीसहित भारतीय जनता पार्टीका अधिकांश नेताले नामका अघि चौकीदार राखेका छन्। भाजपाको चुनावलक्षित ‘म पनि चौकीदार अभियान’ मार्च ३१ देखि सुरू हुँदैछ।  भारतमा लोकसभाका लागि अप्रिल ११ देखि चुनाव हुँदैछ।

प्रकाशित मिति : ३ चैत्र २०७५, आईतवार १३:५६

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook