Breaking News

Radio Star

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने दिल्ली क्यापिटल्सबाट किङ्स—११ पञ्जावविरुद्धको खेलमा मैदान उत्रिएका छन् । इन्डियन प्रिमियर लिग (आईपीएल) मा पञ्जावको घरेलु मैदान मोहाली रंगशालामा हुने खेलमा दिल्लीको प्लेइङ—११ मा आज पनि अटाउन सफल भए । यसअघि चेन्नईविरुद्ध मैदान उत्रिने मौका पाएका सन्दीपले दिल्लीका अन्य खेलाडीहरु भन्दा उत्कृष्ट बलिङ गर्दै सबैको मन जितेका थिए । उनले ४ ओभर बलिङ गरेर २९ रन खर्चदै १ विकेट लिएका थिए । यसअघि समान तीन—तीन खेल खेलेका दुवै टोलीले दुई खेलमा जीत र एक खेलमा हार ब्यहोरेका छन् । आजको खेलमा जीत निकाल्दै अंक तालिकामा आफ्नो स्तर सुधार्ने लक्ष्यमा रहेका छन् । टस जितेर दिल्लीले फिल्डिङ रोजेपछि पञ्जावले ब्याटिङको निम्तो पाएको छ ।

दिल्ली टिम

पृथ्वी श्वा, शिखर धवन, श्रयस अयर (कप्तान), कोलिन इनग्राम, रिसभ पन्त, हनुमान विहारी, क्रिस मोरिस, हर्षल पटेल, आभाष खान, सन्दीप लामिछाने, कागिसो रबाडा

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार २०:०६

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook