Breaking News

Radio Star

‘हेलो जिन्दगी’ मा दिपिका

प्रकाशित मिति : २१ चैत्र २०७५, बिहीबार १६:१७

‘ऐश्वर्य’ गर्ल दिपिका प्रसाईंले फिल्म ‘हेलो जिन्दगी’ मा अभिनय गर्ने भएकी छिन् । फिल्म ‘ऐश्वर्य’ बाट नेपाली रजतपटमा डेब्यु गरेकी दिपिकाले यसपछि फिल्म ‘छक्का पञ्जा ३’ मा पनि मुख्य भूमिका निभाएकी थिइन् । पारिवारिक कारण देखाउँदै उनले बीचमा अफर आएका फिल्ममा साइन गरेकी थिइनन् । आउँदो वर्षको शुरुवातमा निर्देशक दिवाकर भट्टराईसँग विवाह बन्धनमा बाँधिन लागेकी यी नायिका यतिबेला भने फिल्म ‘हेलो जिन्दगी’ मा अनुबन्ध भएकी छिन् । स्रोतका अनुसार उनले यो फिल्मका लागि दश लाखको हाराहारीमा पारिश्रमिक लिएको बताइएको छ ।

निर्देशक एभरेस्ट सूर्य बोहराले फिल्मको छायांकन बेलायतमा हुने बताएका छन् । यो फिल्ममा अर्की नायिका स्वेता खड्काको पनि इन्ट्री भइसकेको छ । यद्यपि मुख्य अभिनेता को हुने भन्ने अझै तय भएको छैन । छिट्टै नै छायांकनका लागि बेलायत जाने बताइएको यो फिल्ममा सलोन बस्नेत, विल्सन विक्रम राई, विक्रान्त बस्नेत लगायतका कलाकारको पनि अभिनय रहने जनाइएको छ । फिल्मलाई सिर्जना जोशीले निर्माण गर्नेछिन् भने छायांकन पुरुषोत्तम प्रधानको रहनेछ ।

प्रकाशित मिति : २१ चैत्र २०७५, बिहीबार १६:१७

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook

Archives