Breaking News

Radio Star

विराटनगर २५ चैत । पण्डित काशीनाथ उपाध्याय हरिप्रिया कट्टेल वाङमय प्रतिष्ठानले नबौ बार्षिक उत्सवको अवसरमा साहित्यीक क्षेत्रमा बिशिष्ठ योगदान पुर्याउने आधा दर्जन स्रस्टाहरूलाई सम्मान गरेको छ ।
सोमवार विराटनगरमा आयोजित कार्यक्रममा प्रतिष्ठानले साहित्यकारहरू प्रा.डा. गोविन्दराज भट्टराई, प्रा.डा. गुरू प्रसाद सुवेदीलाई जनही २१ हजार र मेनुका चाँपागाईलाई ११ हजार १ सय ११ नगद र प्रमाण पत्र सहित सम्मान गरेको हो । यसरी सम्मानित हुनेहरूमा धरान पिण्डिेश्वर विद्या पिठका रामचन्द्र ढकाल र भूपाल कोइरालालाई जनही २ हजार ५ सय नगद र झापा चारपानेको सस्कृत विद्यालयलाई १५ हजार नगद सहित सम्मान गरेको छ ।
प्रदेश न १ का प्रदेश प्रमुख प्रा.डा. गोबिन्द वहादुर तुम्वाहाङर्ले फुल , माल र दोसल्ला ओढाएर स्रस्टाहरूलाई सम्मानित गरे । उनले भाषा ,साहित्य र कला क्षेत्र मौलिक पहिचान रहेको चर्चा गर्दै यसकोे उत्थानमा सामाजिक क्षेत्रबाट हुने गरेको कार्य प्रशंसनिय रहेको बताए । कार्यक्रममा गंगाधर कट्टेलद्धारा लिखित आमा खण्डकाब्यको प्रदेश प्रमुख तुम्वाहाङले लोकापर्ण समेत गरे ।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष नारायण प्रसाद कट्टेल , प्रा.डा. गोबिन्द भण्डारी , प्रा.डा.टुनराज भट्टराई , पिताम्वर कट्टेल , डीग घिमिरे , अच्यूत कट्टेल, ज्ञानेन्द्र प्रसाद दाहाल लगायतका बक्ताहरूले पुरस्कृतहरूलाई बद्याई दिए ।

प्रकाशित मिति : २५ चैत्र २०७५, सोमबार १८:३६

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook