२२ साउन २०७७, बिहिबार
ताजा अपडेट Close

Birat Sandesh

मंगलबार, चैत्र २६, २०७५ मा प्रकाशित

विराटनगर, २६ चैत्र । सवारी चालक अनुमति पत्र मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस लिने बिचौलियालाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको छ । यातायात व्यवस्था कार्यालय, बिर्तामोड, झापाबाट सवारी चालक अनुमतिपत्र (३ चक्के अटो रिक्सा) को लागि लिइने लिखित परीक्षा उत्तीर्ण गरी प्रयोगात्मक परीक्षा उत्तीर्ण हुनको लागि प्रयोगात्मक परीक्षा स्थलमा खटिने कर्मचारीलाई घुस दिनु पर्छ भन्दै सेवाग्राहीसँग रकम लिने बिचौलिया सराफ शेखलाई अख्तियारको टोलीले पक्राउ गरेको हो । सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिई गएको टोलीले शेखलाई सेवाग्राहीसँग सत्र हजार घुसबापतको रकम लिसकेको अवस्थामा नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

मंगलबार, चैत्र २६, २०७५ मा प्रकाशित
प्रदेश नम्बर एक संग मिल्दोजुल्दो
ताजा पोष्ट
लोकप्रिय पोष्ट
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]